पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभाग प्रमुखमा रमेश पौडेल नियुक्त भएका छन् । पार्टीको विधान, २०१७ (संशोधनसहित) को परिच्छेद–४ धारा १३ (१०) (झ) बमोजिम प्रदेश सभापति शुक्रराज शर्माले उनलाई नियुक्त गरेका हुन् । कांग्रेसको प्रदेश कार्यसमिति सदस्य रहेका पौडेलसँग ३ दशकभन्दा बढी पत्रकारिताको अनुभव छ ।
पौडेल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष एवं रेडियो वाराहीका कार्यकारी निर्देशक छन् । हाल सरकारी सञ्चारमाध्यम देखि अन्य संघ संस्थामा कार्यरत छन् । उनले कानुनमा स्नातकदेखि पत्रकारिता, राजनीतिक शास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
उनी बोर्डकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) का पूर्व उपाध्यक्ष रहेका पौडेल अनुसन्धानमूलक लेखारचना समेत प्रकाशत गर्दै आएका छन् । पत्रकारिताको प्रशिक्षण दिनुका साथै विकास र ग्रामीण पत्रकारिता एवं राजनीतिक बिटमा बढी कलम चलाउन रुचाउँछन् ।
नीतिको मूल्य पनि राजनीति भएकोले अबको रोजाइ पार्टी राजनीतितर्फ भएको उनको भनाइ छ । पार्टीले जिम्मेवारी दिएपछि उनले भने, ‘पाटी विधान अनुरुप सञ्चार विभागलाई अगाडि बढाउने छु ।’ विभागीय प्रमुख पौडेलले जनताको पक्षमा कलम चलाउने पत्रकार र मिडिया सञ्चालकलाई एकबद्ध भएर लैजाने प्रतिबद्धता व्यक्त गरे । यसैबीच, नेपाली कांग्रेस गण्डकीले अन्य विभाग पनि छिट्टै गठन गर्न लागेको प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१