माछापुच्छ्रे र सांग्रिलाको जीत

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७८
League saturday

पोखरा । कास्की क्रिकेट क्लबमाथि १ विकेटको रोमाञ्चक जित हात पार्दै सांग्रिला क्रिकेट क्लबले शनिबारीय टि–२० क्रिकेट लिगमा तेस्रो जितसँगै फाइनल प्रतिस्पर्धाको लागि सम्भावना जोगाइराखेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शनिबारको खेलमा कास्की क्रिकेट क्लबले दिएको १ सय ११ रनको चुनौतीलाई सांग्रिलाले १९ ओभर खेल्दै ९ विकेटको क्षतिमा पूरा ग¥यो ।
टस जितेर व्याटिङ गरेको कास्कीले कप्तान विष्णुप्रसाद शर्माले अविजित ३७ योगदानमा ११० रनको योगफल तयार पार्‍यो । शर्माले २७ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे । रोहित चन्दले ३७ बलमा २३ रनको योगदान दिए । अन्य व्याटरको योगदान खासै देखिएन । बलिङ तर्फ सुदिप पौडेल र राजु तामाङले समान २/२ विकेट लिए ।
१११ रनको चुनौति पछ्याएको सांग्रिलाले सुदीप पौडेलको ३० रनको महत्वपूर्ण योगदानमा रोमाञ्चक जीतको हकदार बन्यो । कप्तान विपीन खत्रीले अविजित २२ रनको पारी खेल्दै जीतसम्म डोर्‍याए ।
अर्को खेलमा माछापुच्छ्रे क्रिकेट क्लबले अरण्यज्योति क्रिकेटलाई ६९ रनले पराजित गरेको छ । टस जितेर अरण्यज्योतिले क्षेत्ररक्षण रोजेपछि कप्तान दीपेश खत्रीको अर्धशतकीय पारीमा १२८ रनको योगफल तयार पारेको थियो । ४६ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गर्दै ५१ रनको योगदान दिए ।
१२९ रनको चुनौति पछ्याएको अरण्यज्योतिले मोहम्मद खालिदको १७ र विधान श्रेष्ठको १२ रन बाहेक अन्य व्याटरले दोहोरो अंकको रन बनाउन चुक्दा केवल ५९ रनमै समेटियो । खेलमा प्लेयर अफ दि म्याच प्रवीन ढकाल बने ।

Related News

सम्बन्धित समाचार

  • एन–प्याब्सन खेलकुद महोत्सव जारी

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८१
    पोखरा । १४ औं एन–प्याब्सन खेलकुद महोत्सवअन्तर्गत आइतबार छात्रछात्र फुटबल, छात्रछात्र बास्केटबल, क्रिकेट प्रतियोगिता भए । छात्र फुटबलतर्फ गण्डकी एकेडेमीले…
  • प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । पोखरामा आयोजित १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ मा दुई स्कुल च्याम्पियन बनेका छन् । ५ दिनसम्म चलेको स्पोर्टस्…
  • प्याब्सन स्पोर्टस् मिटको आज समापन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । प्याब्सन कास्कीको आयोजनामा पोखरामा जारी १८ औं प्याब्सन स्पोर्टस् मिटको आइतबार समापन हुँदैछ । पोखरा रंगशालामा दिउँसो गण्डकी…
  • एनप्याब्सन खेलकुद महोत्सव जारी

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । एन–प्याब्सन कास्कीको आयोजनामा ५ किमी सडक दौडमा छात्रतर्फ सिद्धार्थ लवडेल बोर्डिङका दुतमान गुरुङ र छात्रातर्फ त्रिवेणी पब्लिक सेकेण्डरीकी…
  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…

hero news full width