पोखरा । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउने भएपछि गण्डकी प्रदेशसभा स्थगित गरिएको छ । फागुन २७ गतेको बैठक आइतबारका लागि स्थगित भएको थियो । आइतबार १ बजेट बस्ने भनिएको प्रदेशसभा बैठक प्रचण्डकै कारण स्थगित भयो ।
प्रचण्ड आइतबार पोखरा आउने भएपछि सांसदहरु व्यस्त हुने भन्दै आइतबार १ बजेको संसद बैठक भोलिपल्ट (सोमबार) लाई सारिएको हो । शनिबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर संसद बैठक स्थगित गर्ने निर्णय गरेको हो । प्रचण्ड आउने कार्यक्रमकै कारण बैठक सारिएको कानुनमन्त्री विन्दुकुमार थापाले जानकारी दिए ।
‘प्रचण्ड आउने कार्यक्रम रहेछ । अध्यक्ष आउने भएपछि सत्तारुढ सांसदहरु (माओवादी) पनि उतै व्यस्त हुने कुरा छ,’ उनले भने, ‘सबैको सहमतिमा १ दिन बैठक सारिएको हो ।’ कार्यव्यवस्था परामर्श समिति बैठकले सोमबारको कार्यसूची पनि तयार गरेको छ ।
माओवादीले सभागृहमा प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षण आयोजना गरेको छ
सोमबारको बैठकमा विशेष र शून्य समयको कार्यसूची राखिएको छ भने बालबालिकाको अधिकारसम्बन्धी विधेयक छलफल गरेर पास हुनेछ । यसबाहेक २ वटा विधेयक संसदमा टेबुल हुने थापाले बताए । माओवादीले सभागृहमा प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षण आयोजना गरेको छ ।
सोही कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, देवेन्द्र पौडेल, दीनानाथ शर्मा लगायत नेताहरु आउने माओवादी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले बताइन् । उनी माओवादीबाट गण्डकी प्रदेशसभामा प्रमुख सचेतक समेत हुन् । गण्डकीमा कांग्रेसको नेतृत्वमा माओवादीसहित दलहरु सरकारमा छन् । यसअघि पनि केन्द्रीय अध्यक्ष आउने कार्यक्रम हुँदा दलीय सहमतिमै बैठक स्थगित गर्ने गरिएको समितिका एक सदस्यले बताए ।
Related News
सम्बन्धित समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
hero news full width
मुख्य समाचार
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१