हराएका कलात्मक सम्पदा बेलायतद्वारा हस्तान्तरण

रासस
चैत्र ५, २०७८
Photo of the lost Nepalese Cultural artefacts

काठमाडौँ । संयुक्त अधिराज्यले नेपालबाट हराएका दुई वटा कलात्मक सांस्कृतिक सम्पदा हस्तान्तरण गरेको छ । लण्डनस्थित दूतावासमा शुक्रबार आयोजित एक कार्यक्रममा लण्डन महानगरीय प्रहरी कार्यालयका गुप्तचर निरीक्षक जोन रोचले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।

नेपाललाई हस्तान्तरण गरिएका कलाकृतिमा सोह्रौँ शताब्दीमा काठमा कुँदिएको तोरन र अठारौँ शताब्दीको नमस्कार मुद्रासहित घुँडा टेकेका भक्तको ढुङ्गाको मूर्ति समावेश छ । सन् १९८०–१९९० को दशकमा काठमाडौँको हनुमानढोका दरबारक्षेत्रको पूर्वपट्टि रहेको कुमारी बहालबाट तोरन हराएको थियो । घुँडा टेकेको भक्तको मूर्ति ओम बहाल नजिकैको मञ्जुश्री मन्दिरको भएको लण्डनस्थित दूतावासले जनाएको छ ।

कार्यक्रमा राजदूत आचार्यले नेपालका हराएका कलाकृतिको पुनःप्राप्तिमा संलग्न महानगरीय प्रहरी र कला तथा पुरातात्विक वस्तु एकाइका सबै पदाधिकारीप्रति कृतज्ञता ज्ञापन गर्दै हराएको सांस्कृतिक सम्पदाको पुनःस्थापना र पुनःस्थापनाका लागि नेपालको राष्ट्रिय प्रयासमा महानगरीय प्रहरीको सक्रिय र विचारशील सहकार्यले सकारात्मक योगदान दिएको बताउनुभयो ।

गुप्तचर निरीक्षक रोचले महानगरीय प्रहरी कला तथा पुरातात्विक एकाइले यी दुई बहुमूल्य सम्पदा बरामद गर्नमा आफ्नो भूमिकामा गौरवान्वित भएको र नेपाल फर्काउन पाउँदा खुसी लागेको बताउनुभयो । चोरी हुनुअघि स्थितिमा फोटो खिचिएका कारण तिनलाई पत्ता लगाउन र वास्तविक मालिकलाई हस्तान्तरण गर्न सहयोग पुगेको बताउनुभयो । ती सामग्री नेपाल सरकारलाई पुरातत्व विभागमार्फत शीघ्र हस्तान्तरण गरिने पनि उक्त दूतावासले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संविधानअनुसार पालिका र प्रदेशको कर्मचारी नियुक्त गर्ने पुुरापुर अधिकार प्रदेश लोक सेवा आयोगलाई छ । सातै प्रदेशमा आयोग…
  • ओली चीन भ्रमण जाँदै

    रासस मंसिर १७, २०८१
    काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री…
  • घार्मीमा बालाचतुर्दशी रौनक

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धार्मिक पर्यटकीयस्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ । पोखरा १९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा…
  • भवन निर्माण आचारसंहिता प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको आयोजनामा भवन निर्माण आचारसंहितासम्बन्धी प्रशिक्षण शनिबार सम्पन्न भयो । प्रशिक्षण उद्घाटन गर्दै लेखनाथ निर्माण…

hero news full width