पोखरा । नेकपा माओावदी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहितको पार्टी नेतृत्व पोखरा आउने भएको छ ।
पोखरा सभागृहमा आइतबार हुने पार्टीको गण्डकी प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षणका लागि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, देवेन्द्र पौडेल, दिननाथ शर्मा लगायतको नेतृत्व पोखरामा आउने माओवादी गण्डकीका अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् ।
प्रशिक्षणमा गण्डकी प्रदेशमा कार्यक्षेत्र हुने पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्य, केन्द्रीय सल्लाहकार, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य, जवस मोर्चाका केन्द्रीय पदाधिकारी, प्रदेश समितिका सदस्य र प्रदेश सल्लाहकारहरु सहभागी हुनेछन् ।
यसैगरी प्रदेश ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य, गण्डकी प्रदेश अधिवेशन आयोजक समितिका सदस्य, गण्डकीका सम्पर्क समन्वय विशेष सदस्य, जवस मोर्चाका प्रदेश अध्यक्ष, संयोजक र सहसंयोजक, नेकपा हुँदाका जिल्ला सदस्य र महानगर समितिका सदस्यहरु, नगर, गाउँ समितिका पदाधिकारीहरु, जिल्ला समन्वय समितिमा निर्वाचित प्रतिनिधिहरु, नगर गाउँपालिकाका प्रमुख, अध्यक्ष र उपाध्यक्षहरु, पोखरा महानगर समितिको हकमा महानगर समितिका सबै सदस्य, महानगर वडाका पदाधिकारीहरु र कास्कीका सबै गाउँपालिका समितिका सदस्यहरु सहभागी गरी २ हजार ५ सय नेता कार्यकर्ता प्रशिक्षणमा सहभागी हुने माओवादीले जनाएको छ ।
माओवादीले प्रशिक्षण लगत्तै गण्डकीका ११ वटै जिल्लामा स्थानीय निर्वाचन केन्द्रित पार्टी गतिविधि अघि बढाउने योजना बनाएको छ । प्रदेश अध्यक्ष गुरुङका अनुसार संघीयताको जन्मदाता र यसको प्राप्तिको आन्दोलनको अगुवाई गरेको शक्तिका हिसाबले माओवादीको विजयले मात्र प्राप्त उपलव्धि संस्थागत हुन सक्छन् ।
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
शिक्षामन्त्री कोटिहोममा
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
नेपाललाई चीनको ९ अर्ब अनुदान
कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१