यातायातका हाकिमसहित ९ जनालाई भ्रष्टाचार मुद्दा

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०७८

पोखरा । लाइसेन्स वितरणमा अवैध काम गरेको आरोपमा यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त प्रमुखसहित ९ जनालाई अख्तियारले मुद्दा दर्ता गरेको छ ।
कार्यालय प्रमुख गोकुल शर्मा, शाखा अधिकृत हरिप्रसाद गौतम, भरतमणि बराल, अधिकृत भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, कम्प्युटर अधिकृत होमनाथ शर्मा, कम्प्युटर अपरेटर झलक पौडेल र मोहनमणि सुवेदीविरुद्ध मुद्दा दर्ता भएको हो ।
उनीहरुले २०७५ मंसिर, २०७६ साउनदेखि मंसिरमा लिइएका परीक्षाक्रममा पास भएकालाई फेल गरेको र फेल भएकालाई पास गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरु उपर अख्तियारमा उजुरी परेको थियो । सोही उजुरी आधारमा अनुसन्धान गर्दा दोषी भेटिएको अख्तियारले जनाएको छ ।
प्रयोगात्मक परीक्षामा फेल र अनुपस्थित १ सय ६६ जनालाई पास गरेको भेटिएको छ भने पास भएका २ जनालाई फेल भएको नतिजा निकालेका थिए । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार हदैसम्मको सजाय माग गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • रविविरुद्ध चितवनमा पनि जाहेरी

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ । सहारा चितवन सहकारीका…
  • दुर्गा प्रसाईंलाई ५ दिन थुनामै राख्न अनुमति

    आदर्श समाज सम्वाददाता मंसिर ५, २०८१
    पोखरा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बुधबार काठमाडौं जिल्ला…
  • प्रसाईंलाई ३ कसूरमा अनुसन्धान तयारी

    आदर्श समाज सम्वाददाता मंसिर ४, २०८१
    पोखरा । दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसहित ३ वटा कसूरमा अनुसन्धान गरिने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तयारी गरेको…
  • लामिछानेलाई १३ दिन म्याद थप

    आदर्श समाज सम्वाददाता कार्तिक २५, २०८१
    पोखरा, २० कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले…
  • सहकारी ठगीमा थप एक पक्राउ

    आदर्श समाज सम्वाददाता कार्तिक १०, २०८१
    पोखरा । सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नेचर…

hero news full width