गठबन्धनको मात्रै आशा गरेर नबसौं: प्रचण्ड

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०७८
prachanda

बुटवल । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा गठबन्धनको मात्र आशा गरेर बस्न नहुने बताएका छन् । उनले एमालेसँग त गठबन्धनको सम्भावना नभएको तथापि कांग्रेससँग पनि पूर्ण भरपर्ने अवस्था नरहेको खुलाए । उनले आफूहरु अहिलेको गठबन्धन नै निर्वाचन पछिसम्म कायम राख्ने पक्षमा रहेको बताए ।
बिहीबार प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूहरुको जोड अन्तिम समयसम्म हालको गठबन्धन बचाउने पक्षमा नै रहने बताए । उनले भने, ‘त्यसो नभए राजनीतिक रुपमा सुसूचित र आर्थिक रुपमा जनतालाई सम्पन्न बनाउने पार्टीको एजेण्डालाई मुख्य ध्यानमा राखेर आफ्नै तागतमा निर्वाचन अभियानमा होमिन हामीले नेता कार्यकर्तालाई निर्देशित गरेका छौं ।’
उनले यदि कांग्रेसले लखेट्नै खोज्यो भने अन्य विकल्पमा विचार गर्न सकिने उल्लेख गरे । अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसको पनि पूर्ण रुपमा भरपर्न नहुनेमा जोड दिए । उनले कार्यकर्ताहरुलाई पनि गठबन्धनको आशा गरेर बस्नेभन्दा पनि आफ्नै तागतमा निर्वाचन लड्ने अवस्था निमार्ण गर्नका लागि लाग्न आग्रह गरे । उनले भने, ‘कांग्रेस सभापति शेरबहादुरजी त सकारात्मकै देखिनु भएको छ, तर त्यहाँभित्रका पनि केही नेता अलि उग्र देखिएकोले माओवादी आफ्नै तागतमा चुनाव लड्नका लागि पनि तयार हुनुपर्छ ।’

बारम्बार आक्रमणको प्रयास अहिले पनि कायमै छ

प्रचण्डले तालमेल गर्ने विषयमा गठबन्धनको मुख्य नेतृत्वमा कुनै अलमल नदेखिएको दाबी गरे । उनले भने, ‘गठबन्धन बनाउँदा संविधानको रक्षा, प्रतिगमनका विरुद्ध संघर्ष गर्नका लागि भनेर बनाइएको गठबन्धन हो ।’
उनले आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरे । आफ्ना नेता कार्यकर्तालाई निर्वाचन तयारीमा लाग्न आग्रह गर्दै उनले निर्वाचनका बारेमा कुनै आशंका नगर्न आग्रह गरे ।
यसैगरी अर्को एक कार्यक्रममा उनले आफूमाथि बारम्बार आक्रमणको प्रयास अहिले पनि कायमै रहेको दाबी गरे । लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तालाई बुटवलमा प्रशिक्षण दिंदै उनले अहिले पनि माओवादीलाई बदनाम गर्ने र नेतृत्वमाथि आक्रमण गर्ने षड्यन्त्र भइरहेको बताएका हुन् । ‘नेतृत्वको बदनाम गर्ने, आवश्यक प¥यो भने भौतिकरुपमा आक्रमण गर्ने रणनीति अहिले पनि कायम छ,’ प्रचण्डले भने, ‘पहिलो संविधानसभाको निर्वाचनमा मलाई जनमुक्ति सेनाका कमान्डरहरूले बचाएका हुन् । नत्र भने सिरहामा मारिने थिए ।’ त्यो रणनीति पनि पछि सार्वजनिक भएको उनको भनाइ छ ।
उनले पार्टीमाथि पनि बारम्बार आक्रमण भइरहेको बताए । ‘माओवादी पार्टीलाई पटक पटक छिनोछिनो हुने गरी आक्रमण गरियो । यो अहिले पनि जारी छ,’ उनले भने, ‘भएको कुरामा पनि गरिएको छ, नभएको कुरामा पनि गरिएको छ । त्यो अहिले पनि जारी रहेको छ ।’

Related News

सम्बन्धित समाचार

  • देशभरका कानून व्यवसायी पोखरामा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । नेपाल बार एसोसिएसनले न्यायपालिकामा पुनर्संरचनाको माग अघि सारेको छ । नेपाल बार एसोसिएसनको सोमबारदेखि सुरु हुने ५० औं…
  • प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । पोखरामा आयोजित १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ मा दुई स्कुल च्याम्पियन बनेका छन् । ५ दिनसम्म चलेको स्पोर्टस्…
  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…

hero news full width