मोबाइल डेटा सस्तो बनाउँदै एनसेल

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७८
ncell

पोखरा । फागु पूर्णिमा अवसरमा एनसेल आजियाटा लि.ले मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जिबी प्याकअन्तर्गत नयाँ डेटा प्याक ल्याएको छ । साथै कम्पनीले दैनिक जिबी डेटा प्याकअन्तर्गत सञ्चालित प्याकमा पनि भोल्युम बढाएको छ ।
ग्राहकले अब करसहित मात्र १ सय २९ रुपैयाँमा ७ जिबी अल टाइम डेटा प्याकको फाइदा लिंदै प्रतिदिन ७ दिनसम्म १ जिबी डेटा प्रयोग गर्न सक्ने जनाइएको छ । त्यसैगरी १४ जिबी अल टाइम डाटा प्याक १ सय ९९ मा लिएर ७ दिनसम्म दैनिक २ जिबी डेटा प्रयोग गर्न सक्छन् ।
यी दुई दैनिक जिबी डेटा प्याकबाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै सञ्चालनमा रहेका डेटा प्याकमा डेटा भोल्युम पनि बढाएको छ । यसअन्तर्गत ग्राहकले पहिलेकै मूल्यमा थप भोल्युमसहितको डेटा प्याकबाट फाइदा लिन सक्छन् । भोल्युम बढाइएको डेटा प्याकअन्तर्गत ग्राहकले मात्र १ सय ६९ मा १०.५ जिबी डेटा खरिद गरी दैनिक १.५ जिबी डेटा ७ दिनसम्म प्रयोग गर्न सक्छन् । पहिला यही शुल्कमा ग्राहकले दैनिक १ जिबीका दरले ७ दिनसम्म कुल ७ जीबी पाइरहेका थिए ।
अलि धेरै डेटा भोल्युम चाहिने ग्राहकले अब मात्र २ सय ६९ मा २१ जिबी डेटा हरेक दिन ३ जिबीका दरले ७ दिनसम्म प्रयोग गर्न सक्छन् । यसअघि ग्राहकले सोही मूल्यमा १४ जिबी डेटा हरेक दिन २ जिबीका दरले ७ दिनसम्म पाइरहेका थिए । त्यसैगरी एनसेलका ग्राहकले अबमात्र ५ सय ९९ मा ४२ जिबी डेटाको फाइदा लिन सक्छन् । जसअन्तर्गत ग्राहकले हरेक दिन २८ दिनसम्म १.५ जिबी डेटा प्रयोग गर्न सक्छन् ।
यी नयाँ तथा परिमार्जित प्याकहरु चैत २ बाट सञ्चालनमा ल्याइएका हुन् । प्रिपेड ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स१ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेलको एप तथा वेबसाइटमार्फत पनि ती प्याक खरिद गर्न सक्छन् । दैनिक जिबी डेटा प्याकअन्तर्गत ल्याइएका नयाँ अल टाइम डेटा प्याकहरु र थप गरिएका डेटा भोल्युमले ग्राहकलाई आफ्ना परिवार तथा साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहिरहन र फागु पर्वलाई अझै धेरै रमाइलो बनाउँदै खुसीयाली साटासाट गर्न मद्दत गर्ने विश्वास एनसेलले लिएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width