माछापुच्छ्रे कपमा ८ टिम

आदर्श समाज सम्वाददाता
चैत्र २, २०७८
machha

हेमजा । माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबको आयोजनामा चैत ३ देखि ६ सम्म प्रथम माछापुच्छ्रे कप–२०७८ हुँदैछ । आयोजकले मंगलबार प्रतियोगितास्थल लाहाचोकमा पत्रकार सम्मेलन गरी प्रतियोगिता तयारी पूरा भएको जानकारी दिएको हो ।
क्लब अध्यक्ष बासुदेव ढकालले प्रतियोगितामा ८ टिमको सहभागिता रहने बताए । प्रतियोगितासँगै लाहाचोकस्थित अर्मला डाँडाबाट टेन्डम पाइलटसहित प्याराग्लाइडिङको पनि प्रवद्र्घन गर्न लागिएको जानकारी दिए।
क्लबका सल्लाहकार पानबहादुर जिसीले मोफसलमा हुने प्रतियोगितामा माछापुच्छ्रे कपको पनि महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अर्थ संयोजक प्रेम ढकाल, पूर्व खेल संयोजक तथा क्लबका सल्लाहकार राजेन्द्र गौतम, सचिव सुशील श्रेष्ठ लगायतले प्रतियोगिताको महत्व र आवश्यकतामाथि चर्चा गरे।
विजेताले २ लाख र उपविजेता टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै अन्य विभिन्न विद्यामा आकर्षक पुरस्कारको व्यवस्था पनि गरिएको छ ।
प्रतियोगिताको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले उद्घाटन गर्ने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

  • प्याब्सन स्पोर्टस् मिटको आज समापन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । प्याब्सन कास्कीको आयोजनामा पोखरामा जारी १८ औं प्याब्सन स्पोर्टस् मिटको आइतबार समापन हुँदैछ । पोखरा रंगशालामा दिउँसो गण्डकी…
  • एनप्याब्सन खेलकुद महोत्सव जारी

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । एन–प्याब्सन कास्कीको आयोजनामा ५ किमी सडक दौडमा छात्रतर्फ सिद्धार्थ लवडेल बोर्डिङका दुतमान गुरुङ र छात्रातर्फ त्रिवेणी पब्लिक सेकेण्डरीकी…
  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…

hero news full width