पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले खेलकुद क्षेत्रमा जग हाल्ने काम गरेको बताएका छन् । गण्डकी प्रदेश आइटिएफ तेक्वान्दोको दुईदिने सेमिनार समापनमा बोल्दै उनले गण्डकीको प्रदेशको समृद्धिको आधार धेरै भए पनि त्योभित्रको महत्वपूर्ण पाटो खेलकुद भएको बताए ।
प्रदेश सरकारले सोचेजस्तै गरी खेलकुदलाई अघि बढाउन नसकेको भए पनि त्यसको जगलाई बलियो बनाउन लागेको मुख्यमन्त्री नेपालीले उल्लेख गरे । उनले संविधानले खेलाडीको हक र अधिकार स्थापित गरेको बताउँदै खेलमार्फत मुलुकलाई अन्तर्राष्ट्रियजगत्मा पहिचान बनाउने मात्रै नभई समानताका लागि समेत खेलकुद अपरिहार्य रहेको बताए । उनले भने, ‘खेलाडीको कुनै जात र देश हुँदैन । एक जना खेलाडीका लागि कुनै पनि देशको सिमाले रोक्न सक्दैन ।’ खेलाडी कुनै देशको नहुने बताएका छन् । उनले भने, ‘२१ औं शताव्दीको खेलाडीलाई विश्व खेलकुदको जगमा सम्मानित रुपमा उभ्याउन प्रदेश सरकारले गम्भीररुपमा अघि बढेको छ ।’
गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयार रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले अन्य आवश्यक पूर्वाधारको निर्माणका लागि समेत छिट्टै पहल गर्ने बताए । नेपाल आइटिएफ तेक्वान्दो महासंघका केन्द्रीय सदस्य तथा पूर्व सांसद रामहरि खतिवडाले मुलुकको आर्थिक समृद्धिका लागि खेलकुदमा लगानी आवश्यक रहेको बताए । कोभिडका कारण खस्किंदो पर्यटन माथि उठाउन र खेलकुदका अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनालाई अघि बढाउनुपर्ने कुरामा उनले जोड दिए । उनले खेलकुदमा लगानी बढाउन र खेलाडीलाई सम्मान गर्न आग्रह गर्दै खेलकुद जगतलाई राज्यले सम्मानजनक रुपमा अघि बढाउनु पर्ने कुरा औंल्याए ।
नेपाल आइटिएफ तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष अञ्जन धमलाले मुलुकको खेलकुद विकासमा आइटिएफ तेक्वान्दोको भूमिका महत्वपूर्ण रहेकोले राज्यले सहयोगको वातावरण बनाउन आग्रह गरे ।
नेपाल आइटिए तेक्वान्दो संघ गण्डकी अध्यक्ष घमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघका सचिव प्रतीक घर्तीमगरले समेत आफ्ना भनाइ राखेका थिए । सेमिनारमा गण्डकी प्रदेशका ५ जिल्लाका करिब २ सय जना खेलाडीले डान–१, डान–२ र डान–३ को सेमिनारमा सहभागिता जनाएका थिए ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१