लोकतान्त्रिक खेलकुद पोखरामा सञ्जय

आदर्श समाज सम्वाददाता
चैत्र २, २०७८
Democratic Sports Photo

पोखरा । लोकतान्त्रिक खेलकुद संघ पोखरा महानगर कमिटीमा सञ्जयकुमार अधिकारीको सभापतित्वमा ४१ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
समिति उपसभापतिमा सुमन श्रेष्ठ, शिव गुरुङ र बिमल खाँड चयन भएका छन् । सचिव बुद्धिबहादुर खत्री, सहसचिव प्रकाश कार्की र सुशील बास्तोला र कोषाध्यक्षमा अशेष भट्टराई चुनिएका छन् । सदस्यमा महानगरको ३३ वटा वडाबाटै प्रतिनिधित्व हुने गरी राखिएको छ ।
नयाँ कार्यसमितिलाई गण्डकी प्रदेशका कानुन सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापा, नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य देवेन्द्रकुमार शेरचन, कास्की जिल्ला सभापति किशोरदत्त बराल लगायतले स्वागत गरेका थिए ।
कार्यक्रममा मन्त्री थापाले समाज रुपान्तरणमा लोकतान्त्रिक खेलकुद संघको भूमिका महत्वपूर्ण रहेको बताए । लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको पोखरा महानगरपालिका कमिटी गठन कार्यक्रमलाई उदघाटन गर्दै उहाँले देशको भविष्य अब युवाहरुको काँधमा रहेको उल्लेख गरे ।
कांग्रेस कास्की सभापति किशोरदत्त बरालले खेलाडी परिवर्तनका संवाहक भएको बताउँदै देश निर्माणको चित्र कोर्ने शक्ति युवामा रहेको उल्लेख गरे ।
कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसीले लोकतान्त्रिक खेलकुद संघ खेलकुदको मात्र संस्था नभई राजनीतिक तवरले समेत जोडिएको संस्था भएको बताए ।
काँग्रेसनेतृ शारदा पौडेलले लोकतान्त्रिक खेलकुद संघले युवा परिचालित गराई समाज रुपान्तरणको बाटोमा अग्रसरता लिएको बताइन् ।
कांग्रेस पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छेले भातृसंगठन बलियो भएमात्र कांग्रेस बलियो हुने तर्क गरे । नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रका सभापति देवेन्द्र शेरचनले लोकतान्त्रिक खेलकुद संघका खेलाडी व्यवस्थापन गर्न नसक्दा विचलित हुने अवस्थाको सिर्जना हुँदै गएको बताए । उनले कांग्रेसका शीर्षनेताले भातृसंगठन संरक्षणमा ध्यान पु¥याउनुपर्ने आवश्यकतालाई औंल्याए ।
अग्रज पत्रकार गंगाधर पराजुलीले जिल्ला खेलकुद विकास समिति र प्रदेश खेलकुद विकास समितिमा काँग्रेसका युवा नपर्नु दुखलाग्दो भएको बताए । कार्यक्रमा नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की उपसभापति मिलन गुरुङले स्वागत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…
  • अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै…

hero news full width