पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालु अधिवेशन मंगलबारदेखि अन्त्य गरेकी छन् । नेपाल सरकार मन्त्रिपरिषद्को मंगलबारको सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु अधिवेशन मध्यरातदेखि अन्त्य गरेको संघीय संसद् सचिवालयले जनाएको छ ।
सचिवालयद्वारा जारी सूचनापत्रअनुसार गत फागुन २९ गते प्रतिनिधिसभाबाट यही चैत २ गते बुधबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक र माघ १६ देखि अर्को सूचना नभएसम्मका लागि स्थगित राष्ट्रियसभा बैठकसमेत अन्त्य भएको छ ।
नेपालको संविधानअनुसार संसद् अधिवेशनको अन्त्य र सुरुआत सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसद्को चालु अधिवेशन गत मंसिर २८ देखि प्रारम्भ भएको हो । चालु अधिवेशनको संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस नगरेको भन्दै बैठक अवरुद्ध गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१