‘पिपलु’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७८
Pipalu

पोखरा । लोक तथा दोहोरीगायक विजय केसी र गायिका नीशा केसीको गीत ‘पिपलु’ सार्वजनिक भएको छ ।
मायाप्रेमको भाव समावेश गरिएको दोहोरी गीत शिव हमाल यूट्युव च्यानलबाट हालै सार्वजनिक भएको हो । शिव हमालको शब्द, संगीत सिर्जना गरेको गीतमा विजय केसी र निशा केसीको आवाज रहेको गीतले दर्शक श्रोताको राम्रो प्रतिक्रिया पाइराखेको गायक केसीले जानकारी दिए ।
‘पिपलु’ मौलिक विषयवस्तुमा लोक पारखीहरुका लागि विल्कुलै फरकपन दिने प्रयास गरिएको गायक केसीले बताए । तत्कालीन लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी अञ्चल कोषाध्यक्ष समेत रहेका केसीले दर्शक, श्रोतालाई मनपर्नेमा आफू विश्वस्त रहेको बताए ।
यस्तै, गायिका नीशा केसीले दर्शक श्रोताले गीतमा मौलिकता भित्रपनि फरकपन पाउने बताइन् । उनले भनिन्, ‘लोक गीत सुन्ने श्रोताले मौलिक विषयवस्तुमा पनि फरकपन पाउनु हुनेछ, त्यसका साथै गीत रमाइलो विषयवस्तुमा छ । दर्शक श्रोतालाई फरकपन दिन हामीले मिहिनेत पनि कडा गरेका छौं, सोही अनुसार मन पराईदिनुहुेछ यसमा म आशावादी छु ।’
आधा दर्जन बढी गीतमा स्वर दिएकी गायिका केसी ‘मोना अष्ट्रेलिया’मा पनि आवद्ध छन् । गीतका गायकगायिकाद्वय हाल वैदेशिक रोजगारीका सिलसिलामा अष्ट्रेलियामा छन् । भिडियोमा सुधीर श्रेष्ठ र विना राउत लगायतको अभिनय छ । यसको निर्देशन मौसम हिमालीले गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width