लेखनाथ । १७ औं लेखनाथ महोत्सव किनबेचको केन्द्रबिन्दु बनेको छ । महोत्सवमा रमाइलोसँगै दैनिक उपभोग्यलगायत विभिन्न सामान सुपथ मूल्यमा पाइने भएपछि महोत्सव व्यापारिक केन्द्र बनेको हो ।
दर्शकले घर फर्किंदा केही न केही सामग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा कारोबार बढेको आयोजक लेखनाथ उद्योग वाणिज्य संघ कोषाध्यक्ष भरतराज ओझाको दाबी छ । महोत्सवका करिब ३ सय स्टलमा दैनिक उपभोग्य सामग्री अलावा साडीदेखि गाडीसम्म पाइन्छ ।
महोत्सवको पाँचौं दिन चलिरहँदा सोमबारमात्र करिब १५ लाखको आर्थिक कारोबार भएको आयोजकको दाबी छ । हालसम्म करिब २ करोड १५ लाख बराबरको कारोबा भएको प्रचार प्रसार उपसमिति संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए । सोमबारमात्र करिब १० हजार दर्शकले महोत्सव अवलोकन गरेको र अहिलेसम्म आइपुग्दा दर्शक संख्या करिब ८० हजार पुगेको संघ अध्यक्ष छत्रधर आत्रेयको भनाइ छ ।
दैनिक फरक शैलीको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको छ । दोहोरीका पारखीदेखि युवालक्षित गरी राखिएको डिजे र पप कन्सर्टका कारण सबै प्रकृतिका दर्शकको सहभागिताले महोत्सव थप रोचक बनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
पुसमा २० औं लेखनाथ महोत्सव
आइकोनिक रिमझिम बल क्यान्डी
४ महिनामा साढे ४ खर्ब व्यापार घाटा
आदर्श समाजकर्मी शर्मा सम्मानित
hero news full width
मुख्य समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
देशभरका कानून व्यवसायी पोखरामा
मंसिर २३, २०८१प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
मंसिर २३, २०८१अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१