घान्द्रुक किम्चे गाउँको म्युजिक भिडियो

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७८
Kimche Song Photo

पोखरा । घान्द्रुक किम्चे गाउँको म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको छ । किम्चे गाउँको चिनारी र पर्यटन प्रवद्र्धनका लागि तयार पारिएको कली गीतको तमु धिं अध्यक्ष हुमबहादुर गुरुङले सार्वजनिक गरे ।
सुवेदार मेजर मीनबहादुर गुरुङको लगानी तथा किम्चे तमु समाजको सहयोगमा बनेको गीतको भिडियो भकारी इभेन्ट्स प्रालिले निर्माण गरेको हो । कृष्णकुमार गुरुङको शब्द, संगीत तथा निर्देशनमा बनेको म्युजिक भिडियोको नृत्य निर्देशन साजन गुरुङले गरेका हुन् । नायक ओम गुरुङ, नायिका रतिका गुरुङ ‘मुस्कान’ सहित कलाकार सरिता गुरुङ, प्रमिला गुरुङको अभिनय रहेको भिडियोको कैद निकोलस गुरुङ भने भिडियो सम्पादन नेत्र गुरुङले गरेका हुन् । कार्यक्रममा सुवेदार मेजर मीनबहादुर गुरुङको जीवनमा आधारित बायोग्राफी पनि सार्वजनिक गरिएको थियो । बायोग्राफीको निर्देशन सोम गुरुङले गरेका हुन् ।
तमु धिं अध्यक्ष हुम गुरुङले घान्द्रुकको प्रवेशद्वार भएकाले किम्चे गाउँको प्रवद्र्धन हुन जरुरी रहेको बताए । यसका लागि गीतले अझ टेवा दिने उनको धारणा थियो । नेपालका धेरै गाउँको चिनारी बनिरहेकाले यसमा सरकारी तवरबाट सहयोग हुनुपर्ने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग