वडाध्यक्ष कप व्याडमिन्टन सुरु

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७८
badminton

पोखरा । पोखरा महानगरपालिका वडा ८ को आयोजना तथा युनिक व्याडमिण्टन क्लबको संयोजनामा सोमबारदेखि वडा ८ स्तरीय वडाध्यक्ष कप व्याडमिण्टन प्रतियोगिता सुरु भएको छ ।
पोखराका उपमेयर मञ्जुदेवी गुरुङले प्रतियोगिता उद्घाटन गर्दै महानगरले स्वास्थ्य नागरिक उत्पादनका लागि खेलकुदलाई प्राथमिकतामा राखेको औल्याइन् । स्वास्य र अनुशासित समाज निर्माणका लागि खेलकुद महत्वपूर्ण हुने उनको भनाइ थियो । महानगरका प्रवक्ता धनबहादुर नेपालीले आपसमा भाइचारा सम्बन्ध प्रगाढ पार्न खेलकुद माध्यम बन्ने बताए ।
वडाध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रतियोगिता संयोजक कृष्णमान ठूसाजु, युनिक व्याडमिण्टन क्लब अध्यक्ष युक्तबहादुर गुरुङ लगायतले प्रतियोगिताबारे बोलेका थिए । वडा सचिव सविता ढुंगानाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
बराल समाज घरभित्रको व्याडमिण्टन कोर्टमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा वडाध्यक्ष रुद्रनाथ बराल र श्रीराम घिमिरेको जोडीले सरोज श्रेष्ठ र लेखनाथ न्यौपानेको जोडीमाथि जित हासिल गर्दै विजयी सुरुवात गरेको थियो ।
प्रतियोगितामा ओपनतर्फ नवीन गुरुङ र पिटर गुरुङको जोडीले जगन घले र देवेन्द्र गुरुङको जोडीलाई तथा सुरेश तामाङ र नारायण रानामगरको जोडीले दीपक लामिछाने र रामचन्द्र रामदासको जोडीलाई पराजित गर्र्दै फाइनलमा स्थान बनाएका छन् । भेट्रान्सतर्फ सूर्य अधिकारी र काशि शर्माको जोडीले रविन धमला र गोविन्द बरालको जोडीलाई तथा विवेक सुवेदी र फुर्वा छिरिङ गुरुङको जोडीले जितबहादुर कुँवर र जसबहादुर गुरुङको जोडीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरे । मंगलबार फाइनल खेल हुने आयोजक वडाका सदस्य किरण गौतमले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…
  • अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै…

hero news full width