पोखरा । आजभन्दा २७ वर्षअघि तनहुँको ढोरफिर्दी गाविसमा रहेको हिमाली प्राविको विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर मनपरि सार्वजनिक जग्गा व्यक्तिलाई भोगचलनका लागि दियो । २०५१ साल बैशाख ११ गते हालको शुक्लागण्डकी नगरपालिका १६ को जग्गा समितिले घरसारको कागज बनाई गैरकानुनी रुपमा बिक्री गरिदिएको हो । समितिका अध्यक्ष यामबहादुर बानियाँ, प्रधानाध्यापक यामबहादुर ठकुरीसहित ७ जना विरुद्ध अख्तियारले अहिले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आरोपीहरुमा समितिका सदस्य घनश्याम बानियाँ, हरिकुमारी महत, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ र खड्कबहादुर बानियाँ छन् ।
उनीहरुले त्यहाँको जग्गा १ लाख ६९ हजार रुपैयाँमा भोगचलनका लागि बेचेको अनुसन्धानबाट खुलेको छ । आरोपितमध्ये यामबहादुर, धुनबहादुर, ज्ञानबहादुर र खड्कबहादुरको मृत्यु भैसकेको छ । मृत्यु भए पनि उनीहरुले भ्रष्टाचार गरेको देखिएको अख्तियारले जनाएको छ । सबै जनाबाट १ लाख ६९ हजार रुपैयाँ बिगो मागसहित सजायको सिफारिस गरिएको छ । सार्वजनिक जग्गा घरसारको कागजात बनाई आफैले घडेरी नम्बर कायम गरेर भोगचलन गरेको आरोपमा खरिद गर्नेहरुलाई समेत अख्तियारले आरोपी बनाएको छ ।
सन्तबहादुर सिंजालीमगर, तीलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णुप्रसाद लम्साल, शरणबहादुर बिक, बलराम बानियाँ, बुद्दिमाया बिक, बाबुराम बानियाँ, लोकबहादुर माकिम, पूर्णबहादुर बिक र धनबहादुर बिकले विद्यालय व्यवस्थापन समितिलाई पैसा दिएर जग्गा भोगचलन गरेका थिए । सार्वजनिक जग्गा अपचलनको मतियारका रुपमा १३ जनालाई नै कारबाही माग गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार भोगचलन गरेकाबाट जग्गाको भोग हटाएर जफत गर्ने गरी मुद्दा दायर भएको हो । जग्गा भोगचलन गरेकामध्ये लोकबहादुर, डोलराज र धनबहादुरको मृत्यु भइसकेको छ ।
६१ लाख भत्ता सचिवले खाए ।
१ लाख ६९ हजार रुपैयाँमा भोगचलनका लागि जग्गा बेचेको अनुसन्धानबाट खुलेको छ
गोरखाको साविक हंशपुर र मुच्चोक गाविसका सचिवले करिब ६१ लाख रुपैयाँ भ्रष्टाचार गरेको खुलेको छ । सामाजिक सुरक्षाभत्ता बापत प्राप्त रकम हिनामिना गरेको आरोपमा तत्कालीन सचिव दीपकबहादुर दर्जी सहित ४ जनाले उक्त रकम निकालेर आफैंले राखेका हुन् । आर्थिक वर्ष २०७३÷०७४ मा साविक हंशपुर गाविसका हेल्थ असिस्टेन्ट सुरेश दवाडी, कार्यालय सहयोगी विशाल विक र साविक मुच्चोक गाविसका अहेव चन्द्रकान्त सुवेदी समेतले सामाजिक सुरक्षा भत्ताको रकम झ्वाम पारेका हुन् ।
सचिव दर्जीले हंशपुरमा दवाडीसँग र मुच्चोकमा सुवेदीसँग संयुक्त खाता सञ्चालन गरेका थिए । उक्त रकम निकालेर लेखापरीक्षण नगरी उनले ६० लाख ९७ हजार ६ सय रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ । आर्थिक कारोबारको हिसाब नबुझाई जिविसबाट निकासा भएको तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्न चेक लिएको तर वितरण नगरेको अनुसन्धानबाट खुलेको छ ।
साविक हंसपुरको २७ लाख २३ हजार २ सय र मुच्चोकको ३३ लाख ७४ हजार ४ सय आफैले निकालेर खर्च गरेको भेटिएको छ । संयुक्त खाताबाट रकम निकालेर कार्यालय सहयोगी विशालको खातामा जम्मा गरेका थिए । दवाडी र विकलाई २७ लाख २३ हजार २ सय बिगो कायम गरी सजाय मागिएको छ भने अर्का आरोपी सुवेदीलाई ३३ लाख ७४ हजार ४ सय बिगो मागिएको छ । सचिव दर्जी घटना भएकै वर्षदेखि फरार छन् । सामाजिक सुरक्षा भत्ताको पैसा लिएर भागेदेखि उनी नफर्किएको गाउँलेहरुले बताए ।
Related News
सम्बन्धित समाचार
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१