कांग्रेस कास्की क्षेत्र २ (ख) कोषाध्यक्ष र सदस्य मनोनयन

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०७८
congress kaski

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ (ख) को बैठकले कोषाध्यक्ष तथा सदस्य मनोनयन गरेको छ ।
क्षेत्रीय सभापति दीपेन्द्र मर्सानीको अध्यक्षतामा सोमबार बसेको बैठकले कांग्रेस कास्की क्षेत्र नम्बर २ (ख) कोषाध्यक्ष कल्पना बराल सापकोटा र सदस्यमा गोमा सुवेदी, सरोज कुँवर, बालगोपाल श्रेष्ठलाई चयन गरेको हो ।
बैठकले कार्य सम्पादन समिति गठन गरेको क्षेत्रीय सचिव सुवर्ण केसीले जानकारी दिए । समितिको संगठन विभाग प्रमुखमा प्रदेश (ख) का उपसभापतिमा सरीता पराजुली, नेपाल महिला संघमा मञ्जुश्री थापा, तरुण दल नेपालमा लेखबहादुर केसी, नेविसंघतर्फ सिरशकुमार बास्तोला, भूतपूर्व सैनिक संघतर्फ सुवर्ण केसी, मुस्लिम संघतर्फ अब्दुल मजित मियाँ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघतर्फ लालुमाया शर्मा, नेपाल प्रजातन्त्र सेनानी संघमा होमबहादुर बानियाँलाई चयन गरिएको छ ।
पार्टीको जागरण अभियानलाई सफल बनाउन इकाइ सभापतिको समन्वयमा टोलटोलमा घुम्ती बैठक गर्ने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • शिक्षामन्त्री कोटिहोममा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पर्यटकीय विकासको सम्झावना उजागर गर्न प्रतिवद्ध रहेको बताएकी छन् । पोखरा…
  • खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८१
    पोखरा । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरामा खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्न आफ्नोतर्फबाट पूर्ण…
  • नेपाललाई चीनको ९ अर्ब अनुदान

    रासस मंसिर १८, २०८१
    बेइजिङ । चीन सरकारले नेपाललाई ५ सय मिलियन आरएमबी अर्थात् करिब ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।…
  • कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनको सोमबार राति सम्पन्न मतगणनामा…

hero news full width