हाइकर्स समूह सिक्लेसमा

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०७८
hikers newss

पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा हरेक महिनाको अन्तिम शनिबार गरिने हाइकिङ कार्यक्रम फागुन महिनाको अन्तिम शनिबार पर्यटकीय गाउँ सिक्लेसमा भएको छ ।
हाइकिङमा सबै उमेर समूहका सहभागी हुन सक्ने भए तापनि कम्तीमा १५ वर्षदेखि ६० वर्षसम्मका हरेक क्षेत्रमा क्रियाशील व्यक्तित्व, विद्यार्थी, व्यवसायी, पत्रकार तथा पर्यटन व्यवसायी हाइकिङमा सहभागी हुन सक्ने हाइकिङका संस्थापक तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीका पूर्व अध्यक्ष रविन्द्रराज पौडेलले बताए ।
ग्रामीण पर्यटनको विकासमा आन्तरिक पर्यटनलाई सहभागी गराउने उद्देश्यले ‘पर्यटन र स्वास्थ्यको लागि हाइकिङ’ नाराका साथ विगत २ वर्षदेखि हाइकिङ कार्यक्रम नियमित रुपमा भइरहेकोमा बीचमा कोरोनाले रोकेको हाइकिङका संयोजक पत्रकार कृष्ण रानाभाटले बताए ।
पहिलो पटक हाइकिङमा सहभागी न्युरोड दरबारथोकमा रहेको द प्लान्टलेटका सञ्चालकहरु अनमोल बस्नेत र सूर्यदेव चौधरीले महिनाको एकपटक हाइकिङ कार्यक्रमले महिना भरको व्यवसायको तनाबबाट छुटकारा पाई आनन्दको अनुूुति हुने बताए ।
नियमित रुपमा हाइकिङमा सहभागी एसओएस व्यावसायिक तालिम केन्द्रका मोहन केसीले कास्कीको अत्यन्तै रमणीय तथा पर्यटकीय गाउँ सिक्लेसमा पहिलो पटक आउने मौका हाइकिङले जुराएकोमा क्लबका सदस्यलाई धन्यवाद दिए ।
हाइकिङमा आर्थिक पाटो हेर्दै आएकी क्लबकी सदस्य टीका आचार्यले क्लबलाई विधिवत रुपमा सम्बन्धित निकायमा दर्ता गरी सञ्चालन गर्ने योजना रहेको बताउँदै पोखरादेखि टाढा आउँदा खर्चिलो हुने भएकोले विद्यार्थीलाई समेट्न नसकिएको बताइन् ।
त्यसैगरी हाइकीङमा सहभायी पोखरा २६ की तारा राजभाट, पोखरा १३ काहुँखोलाकी शुशिला रानाभाट, पोखरा ३३ वागमाराका संकल्प चापागाई, दिलकुमारी हमाल, शुशिल वास्तोला लगाएतले हाईकीङको अनुभव वताएका थिए ।

Related News

सम्बन्धित समाचार

  • वाटर फ्रन्टको पर्खाल बहुमतका कार्यकर्ताले भत्काए

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता कार्यकर्ताहरुले पोखराको फेवाताल किनारको वाटर फ्रन्ट होटलको पर्खाल…
  • पर्वतीय महोत्सव तयारी

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराको संयुक्त आयोजनामा पोखरा–१७ स्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा २३–२७ मंसिरसम्म पर्वतीय…
  • कधलान्दु्रकमा हनी हन्टिङ महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । कास्कीको पर्यटकीय गाउँ लान्द्रुकमा भिरमौरीको मह काढ्ने (हनी हन्टिङ) महोत्सव तयारी थालिएको छ । अन्नपूर्ण गाउँपालिका ७ स्थित…
  • शिक्षक संगठनमा श्रीकान्त

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन, पोखरा महानगर समितिले संगठन सुदृढीकरण तथा विस्तार कार्यक्रमअन्तर्गत वडा १ मा शिक्षक भेला गरी…
  • पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तराष्ट्रिय उडान हुनुपर्ने मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराइएको छ । गण्डकीका उद्योग…

hero news full width

trending post

ट्रेन्डिङ्ग