लगातार दोस्रो पटक वालिङ नगरपालिका उत्कृष्ट

तोलाकान्त बगाले
फागुन ३०, २०७८

वालिङ । स्याङ्जाको वालिङ नगरपालिका लगातार दोस्रो पटक उत्कृष्ट घोषित भएको छ । नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजना गरिएको घोषणा सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले नगर प्रमुख दिलीपप्रताप खाँणलाई पुरस्कार प्रदान गरेका हुन् ।
नेपाल नगरपालिका संघले विभिन्न सूचकहरुलाई आधार मानेर गरेको मूल्यांकन स्याङ्जाको वालिङ नगरपालिका आर्थिक वर्ष २०७७÷०७८ मा संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उल्लेख्य कार्य गरेकाले उत्कृष्ट नगरपालिका पुरस्कार २०७८ प्राप्त गरेको हो ।
वालिङ नगरपालिका उत्कृष्ट घोषित भएसँगै नगर प्रमुख दिलीपप्रताप खाँणले आगामी दिनमा काम गर्नका लागि थप ऊर्जा तथा प्रेरणा मिलेको प्रतिक्रिया दिए । ‘वालिङ नगरपालिका नेपाल नगरपालिका संघ, विभिन्न दातृ निकायहरुसँग हातेमालो गर्दै विकासको गतिमा निरन्तर अगाडि बढिरहेको छ,’ नगर प्रमुख खाँणले भने, ‘हामीले गरेको कार्य देशभरकै उत्कृष्ट रहेकोे भनी मूल्यांकन गर्नुहुनेप्रति नगरपालिकाकोतर्फबाट आभार व्यक्त गर्दछु ।’
वालिङ नगरपालिका पुरस्कृत हुँदै गर्दा यहाँका नागरिकहरुको सहयोगी भूमिका निक्कै महत्वपूर्ण रहेको नगर प्रमुख खाँणले बताए ।
गतवर्ष पनि नेपाल नगरपालिका संघको २८ औं वार्षिकोत्सवका अवसरमा वालिङ नगरपालिका सहरी योजना, वातावरण, विपद् जोखिम व्यवस्थापन र उत्थानशीलतामा देशकै उत्कृष्ट नगर घोषित भई पुरस्कृत भएको थियो । त्यस्तै नेपाल नगरपालिका संघकै २३ औं स्थापना दिवसका अवसरमा २१७ नगरपालिकामध्ये वालिङ नगरपालिका सर्वोत्कृष्ट भई पुरस्कारसमेत प्राप्त गरिसकेको छ । नगरपालिकाले उत्कृष्ट सेवा प्रवाह, सहरी योजना, सुशासन, फोहोरमैला व्यवस्थापन लगायतका विषयवस्तुलाई मूल्यांकन गर्दै वालिङ सर्वाेत्कृष्ट बन्न सफल भएको थियो । यसअघि संघीय तथा स्थानीय विकास मन्त्रालयले २०७४ सालमा देशभरका पालिकाहरुमध्ये सर्वोत्कृष्ट सफा नगरका रुपमा वालिङलाई पुरस्कृत गरेको थियो ।

उत्कृष्ट अन्य ६ नगरपालिका
संस्थागत विकास सेवा प्रवाह र वित्तीय सुशासन विधामा स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएका हुन् । यस्तै सहरी योजना पूर्वाधार विकास तथा विपद् व्यवस्थापन विधामा धादिङको नीलकण्ठ नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएको छ । वातावरण तथा जलवायु परिवर्तन विधामा इलामको इलाम नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएको छ । स्थानीय स्रोत परिचालन गर्दै पालिकाको विकासमा उत्कृष्ट काम गर्ने हरिवन नगरपालिकाले स्थानीय आर्थिक विकास विधामा हरिवन नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएको छ । सामाजिक विकास विधामा तिलोत्तमा नगरपालिका र राप्ती नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएका छन् ।

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…

hero news full width