प्रेस चौतारी अध्यक्षमा गणेश

आदर्श समाज सम्वाददाता
फागुन २९, २०७८
Press Chautari Photo

पोखरा । प्रेस चौतारी नेपालको नवौं महाधिवेशनबाट अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत चयन भएका छन् । उनी यसअघि पनि अध्यक्ष थिए ।
पोखरामा २ दिनसम्म चलेको कार्यसमिति उपाध्यक्षहरुमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई, देविका घर्तीमगर चयन भएका छन् ।
महासचिवमा हिरामान लामा चयन भएका छन् भने उपमहासचिवद्वय राजु सुवेदी तथा सुरोजंग पाण्डे र कोषाध्यक्षमा इन्द्र आचार्य चयन भए ।
त्यसैगरी, सचिवहरुमा विष्णु तारुके (वागमती), हरिबल्लव नेपाल (प्रतिष्ठान), विक्रम लुइँटेल (प्रदेश १), लोकसरी कुँवर (सुदूरपश्चिम), विष्णु शर्मा कर्णाली, सुष्मा पौडेल (गण्डकी), प्रदीप आचार्य (लुम्बिनी) र कमल उपाध्याय (मधेश प्रदेश) चयन भएको निर्वाचन समिति संयोजक रघु मैनालीले बताए ।
अनुशासन आयोग अध्यक्षमा नवराज महतारा, लेखा आयोगमा सटेन्द्र जवेगु र निर्वाचन आयोग अध्यक्षमा गणेश खनाल चयन भए ।
केन्द्रीय सदस्य प्रदेश १ बाट सन्तोष रुचाल, हरिबोल आचार्य, सन्तोष आचार्य, सजीव कालाखेती, कमल रिजाल, सन्तोष काफ्ले, अम्बिका भण्डारी, रणु पराजुली र कोपिला ढकाल चयन भए । मधेश प्रदेशमा शत्रुघ्न नेपाल, अच्युत पौडेल, रमेश तिमिल्सेना, धर्वेन्द्र झा, रामभरोषी महतो, खगेन्द्र कार्की र स्वेता सिन्हा , बागमतीबाट शिशिर सिंखडा, शालिग्राम नेपाल, दिनेश थापा, विमल नेपाल, तीर्थ नेपाल, प्रतिमा सिलवाल, नीता राउत, गायत्री खतिवडा, गण्डकीबाट माधव बराल, किरण लोहनी, हिमलाल पराजुली, तारानाथ आचार्य, प्रकाश पौडेल, हिमालदेव पंगेनी, जमुना वर्षा शर्मा, कविता श्रेष्ठ, बेलिना थापा, लुम्बिनीबाट भेषराज बस्नेत, गणेश आचार्य, गिरुप्रसाद भण्डारी, अमृत गिरी, डिलप्रकाश गौतम, कमल तिमिल्सेना, पार्वती पाण्डे, दीपु पोखरेल (खिमकुमारी) र रीता लामा कर्णालीबाट गोविन्देव भारती, आकाशतारा बयक, कालीबहादुर मल्ल, नरेश भण्डारी, जीवन सेजुवाल, त्रिभुवन बिसी, मनीषा केसी, कोमल शाही, पञ्चमी रेग्मी, सुदूरपश्चिमबाट गणेशदत्त (जी) भट्ट, मानबहादुर साउद, शिवराज ढुंगाना, झलक पाली, रमेश केसी, लोकेश साउद, चाँदनी आचार्य, विमला रावल, धर्मा रोकाय केन्द्रीय सदस्य बने ।
पिछडिएको क्षेत्रबाट हरिबहादुर सिंह, पवित्रकुमार शाही, आदिवासी जनजातितर्फ राजेन्द्र श्रेष्ठ, एक्सन राई, अल्पसंख्यकबाट ख्याम भुजेल, थारुबाट विश्वराज पछलडाङ्या, सन्तोष दहित, मधेशीबाट सञ्जय मिश्र, मुस्लिमबाट शकिल अहमद कादरी, दलितबाट वसन्त विश्वकर्मा, तिलक बिक, उपत्यकाबाट हेमराज सिलवाल, भूपेन्द्र आचार्य, पुकार तिमिल्सिना, रमेश गिरी, ईश्वरराज ढकाल, पवित्रा सुनार, संचिता घिमिरे, अञ्जना सिल्पकार, प्रतिष्ठान/एसोसियटबाट मोहन बास्तोला, अशोक पौडेल, समीर बलामी, दीपक श्रेष्ठ, वसन्त रुपाखेती, शाहीमा महत, कालिका खड्का, मनुका कुँवर छन् ।
एकता एकीकरण प्रक्रियाबाट करण ताम्राकार, नरभूपाल बिक, टीकाराम उप्रेती, एमबी आस्था, विनोद चौलागाई, अमरध्वज लामा, धनराज साउद, विनोद ढकाल, सुरेन्द्रभक्त श्रेष्ठ, उद्धवकुमार कार्की, सन्तोषकुमार गुप्ता, विदुर एमसी चयन भए ।
महिला खुलातर्फ केन्द्रीय सदस्यमा अमृता अनमोल, मीनु पोखरेल, शर्मिला खनाल (अनुपम), कविता अधिकारी, तारादेवी नेपाल (प्रकृति), चन्द्रकला थापा (भगवती), नीता सापकोटा, शारदा गैरे, सुमित्रा कोइराला, तारा चापागाई, स्मीता अधिकारी, अनिष्मा बस्नेत र भीमा शिवाकोटी चयन भए । महिला (दलित) मा सावित्रा रसाइली, रुपा गहतराज, महिला (जनजाति) मा रुपनी जिएम, महिला (मधेशी) मा रुवी रौनीयार चयन भए ।
खुला (पुरुष) मा रुद्र सुवेदी, टीका बस्नेत, प्रकाशचन्द्र भट्टराई, विक्रम न्यौपाने, गणेश पौडेल, नवराज भुषाल, नवराज पथिक, राजेन्द्र धामी, प्रेम गुरागाईं, ध्रुव सुवेदी, सोम बास्तोला, देवेनद्र कार्की, सन्दीप राई, छेटु शेर्पा छन् ।
फागुन २७ गते एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गरेका हुन् । महाधिवेशनमा प्रतिनिधि एवं पर्यवेक्षक गरी करिब ११ सय प्रतिनिधिले भाग लिएका थिए । महाधिवेशनले पोखरा घोषणापत्र समेत सार्वजनिक गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संविधानअनुसार पालिका र प्रदेशको कर्मचारी नियुक्त गर्ने पुुरापुर अधिकार प्रदेश लोक सेवा आयोगलाई छ । सातै प्रदेशमा आयोग…
  • ओली चीन भ्रमण जाँदै

    रासस मंसिर १७, २०८१
    काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री…
  • घार्मीमा बालाचतुर्दशी रौनक

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धार्मिक पर्यटकीयस्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ । पोखरा १९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा…
  • भवन निर्माण आचारसंहिता प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको आयोजनामा भवन निर्माण आचारसंहितासम्बन्धी प्रशिक्षण शनिबार सम्पन्न भयो । प्रशिक्षण उद्घाटन गर्दै लेखनाथ निर्माण…

hero news full width