फागुन । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७ औं संस्करणको लेखनाथ महोत्सवको चौथो दिन शनिबार १० हजार दर्शकले अवलोकन गरेका छन् । हालसम्म ८५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको प्रचार–प्रसार संयोजक एवं संघका द्वितीय उपाध्यक्ष गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।
यस्तै महोत्सवमा आइतबार मात्रै २० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको र महोत्सवमा हालसम्म २ करोड ७० लाख बराबरको कारोबार भएको बास्तोलाले जानकारी दिए ।
महोत्सवमा आइतबार लोकदोहोरी कलाकारहरु चन्द्र शर्मा, पूर्णकला बिसी, प्रकाश पराजुली, सविना गुरुङ, परशुराम अधिकारी, लक्ष्मी नेपाली, माधव चापागाईं लगायतको प्रस्तुतिले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो भने बेलुका महोत्सवमा पहिलोपटक डिजेको प्रस्तुतिमा युवाहरु झुमेका थिए ।
महोत्सवमा महिला विशेष रत्यौली कार्यक्रम, विद्यालय स्तरीय कार्यक्रम, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी पनि आर्कषणको रुपमा रहेका छन् ।
फागुन २६ गतेदेखि सुरु भएको १७ औं संस्करणको लेखनाथ महोत्सवमा विभिन्न वस्तु तथा उत्पादनका ३ सय भन्दा बढी स्टलहरु राखिएका छन् ।
महोत्सवमा स्थानीय उत्पादनतर्फ दैनिक २ सय केजी माछा बिक्री भएको कृषि उपसमितिका संयोजक दयाराम तिवारीले जानकारी दिए । महोत्सवमा अहिलेसम्म १ हजार केजी माछा बिक्री भएको तिवारीले जानकारी दिए । स्टलबाट जिउँदा माछा र माछाको सिद्राबाट बनाइएको अचार दर्शकहरुको रोजाइमा परेको तिवारीले बताए ।
महोत्सवमा अहिलेसम्म १ सय ८ जनाले कोरोनाविरुद्धको भ्याक्सिनसमेत लगाएका छन् । यसैगरी संगीतकार एवं गीतकार वसन्त सापकोटाले आफ्नो संगीत तथा रचनाका विभिन्न गीतहरु प्रस्तुत गरेका थिए ।
लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि भन्ने नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सव महोत्सव आगामी चैत्र ७ गतेसम्म सञ्चालन हुनेछ ।
Related News
सम्बन्धित समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
hero news full width
मुख्य समाचार
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१