राइनास कप फुटबल प्रतियोगिता सुरु

आदर्श समाज सम्वाददाता
फागुन २९, २०७८
lamjung footballs

लमजुङ । प्रथम ऐतिहासिक राइनास कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ । राइनास नगरपालिका– ६ को धमिलिकुवास्थित गौलिटार क्षेत्रीय खेल मैदानमा उक्त प्रतियोगिता सुरु भएको हो ।
राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले प्रतियोगिता उद्घाटन गर्दै राइनासमा निर्माण भएको यस क्षेत्रीय खेलमैदानको स्तरोन्नतिका साथ नगर क्षेत्रभित्र खेलकुदको विकासका लागि नगरपालिका प्रतिवद्ध रहेको बताए । उनले यो खेल मैदान प्रयोगमा आएसँगै अब नगरपालिकामा उत्कृष्ट खेलाडीको उत्पादनमा सहजता आउने विश्वास व्यक्त गरे ।
गौलीटार क्षेत्रीय खेलमैदान समितिले राइनास नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समितिको सहकार्यमा प्रतियोगिताको आयोजना गरेको हो ।
गौलिटार क्षेत्रीय खेलमैदान समिति अध्यक्ष टकेन्द्रनाथ चिलुवालको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयल, नेपाली कांग्रेसको राइनास नगर समितिका सचिव चित्रबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र राइनास नगर कमिटी अध्यक्ष पुष्पराज खनाल, कांग्रेसका पूर्व जिल्ला उपसभापति प्रेमराज चिलुवाल, पूर्व जिल्ला सदस्य गणेशराज चिलुवाल, एमालेका जिल्ला सदस्य लक्ष्मण चिलुवाल लगायतले बोलेका थिए ।
आयोजिक समितिका उपाध्यक्ष मदनराज चौलागाईले स्वागत गरेको कार्यक्रममा खेल समितिका सचिव गोपाल नेपालीले सञ्चालन गरेका थिए ।

प्रतियोगिता विजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ

प्रतियोगिता उद्घाटनका अवसरमा मैत्रीपूर्ण २ खेल भए । आयोजक टिम र नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी सहितको टिमबीचको उक्त खेलमा १–० गोलअन्तरमा पराजित गर्दै आयोजक टिम विजयी भएको छ । एकता महिला समूह पाँचभाइ र अन्नपूर्ण आमा समूह धमिलीकुवाको मैत्रीपूर्ण खेलमा पाँचभाइ विजयी भयो ।
प्रतियोगिताको पहिलो पुरस्कार १ लाख ५० हजार, दोस्रो पुरस्कार १ लाख साथमा कप, मेडल र प्रमाणपत्र रहेको छ । सेमिफाइनलिस्ट २ टिमलाई २५ हजार र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजक समिति अध्यक्ष चिलुवालले जानकारी दिए । उनका अनुसार अनुशासित टिम, उत्कष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप १०/१० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा १३ टिमले भाग लिएका छन् । लाखौं रुपैयाँ खर्चे निर्माण गरिएको गौलीटार क्षेत्रीय खेलमैदान निमार्ण भएपश्चात पहिलो पटक राइनस कप फुटबल प्रतियोगिता भएको हो ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…
  • अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै…

hero news full width