सउल । विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो । यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्यरुपमा सात दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था थियो ।
यो व्यवस्था आएसँगै वर्षौंदेखि कोरिया प्रवेशको पर्खाइमा रहेका विदेशी मजदुरलाई आकर्षक रोजगारीको गन्तव्य भनिएको मुलुक दक्षिण कोरिया जानलाई थप सहज हुने भएको छ । दक्षिण कोरियाले नेपाललगायत पाकिस्तान, थाइल्याण्ड, भियतनाम, बङ्गलादेश, श्रीलङ्गा, म्यानमारलगायत १६ देशबाट इपिएस कामदार लैजाने गरेको छ ।
क्वारेन्टिनका लागि बस्ने ठाउँकै अभावका कारण लामो समयदेखि नेपाललगायत अन्य देशबाट विदेशी नागरिक सहजरुपमा कोरिया उड्न पाइरहेका थिएनन् । यसका साथै कोरिया छिरे पनि क्वारेन्टिनको शुल्क महँगो हुने कारणलेसमेत थप समस्यामा परेको गुनासो पनि उत्तिकै आइरहेको थियो । यो व्यवस्थाले सबै समस्या हल हुने अनुमान गरिएको छ ।
कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएकाले मात्रै यो सुविधा पाउने जनाइएको छ । दक्षिण कोरियाको यो निर्णयले अब कोरिया बिस्तारै विदेशी आगमनलाई खुकुलो पार्दै जाने सोचमा रहेको बुझ्न सकिन्छ । कोरोना भाइरस सङ्क्रमणका कारण सहजरुपमा कोरिया प्रवेश गर्न नपाउँदा नेपालबाट रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा पास गरेर उडानको प्रतिक्षामा रहेका हजारौँ श्रमिक प्रभावित भइरहेका थिए । कोरियाले केही समयअघिबाट बिस्तारै कामदार प्रवेश गराउन थाले पनि प्रतीक्षामा रहेका कामदार धेरै भएका कारण कोरिया प्रवेश सहज भइसकेको छैन । तर यो निर्णयले कोरिया प्रवेश छिटो हुने बुझाइ यहाँका विभिन्न सङ्घसंस्थाको प्रतिनिधिमा छ ।
Related News
सम्बन्धित समाचार
नेपाली नर्स लैजान बेलायत तयार
भारतमा कोरोनाबाट ४४२ जनाको मृत्यु
संक्रमितको सुनामी ल्याउने डब्लूएचओले चेतावनी
अष्टेलियामा ओमिक्रोनबाट एक पुरुषको मृत्यु
कोरोना बढेपछि दिल्लीमा कफ्र्यू
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
जेठ ७, २०७९बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
जेठ ७, २०७९पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
जेठ ६, २०७९गाउँपालिका अध्यक्षको सपथ
जेठ ६, २०७९मेयरमा अन्तर ३ हजार पार
जेठ ६, २०७९