मिर्गौला रोग स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७८
rotary lakeside~kidney sibir

पोखरा । रोटरी क्लब अफ पोखरा लेकसाइडले आयोजना गरेको निःशुल्क मिर्गौला रोग स्वास्थ्य शिविरमा २ सय ६७ जना लाभान्वित भएका छन् ।
विश्व मिर्गौला दिवस अवसरमा मुस्ताङचोकस्थित किड्नी केयर सेन्टर निर्माणस्थलमा निःशुल्क मिर्गौला परीक्षण कार्यक्रम भएको हो । जेसिना फाउण्डेसनको प्राविधिक सहयोग रहेको शिविरमा मिर्गौला परीक्षण अलावा मुटु, फोक्सो, मधुमेह, रगत लगायतको परीक्षण गरिएको क्लबका सर्भिस चेयर एवं किड्नी केयर सेन्टरका संयोजक कृष्ण थापाले जानकारी दिए । शिविरका सहभागीले रोटरीले गरेको कार्यक्रमको उच्च प्रशंसा गरेका थिए ।
शिविरमा मिर्गौला रोग विशेषज्ञ डा. क्लारा लगायतको टिमले स्वास्थ्य जाँच गरेको थियो ।
शिविर उद्घाटन गर्दै गण्डकी प्रदेश सररकाका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले मिर्गौला स्वस्थ राख्न खानपिन तथा आहारविहारमा ध्यान दिनुपर्ने सुझाव दिए । रोग लागिसकेपछि उपचारमा ठूलो रकम खर्चिनुभन्दा बेलैमा सतर्कता अपाउनुपर्ने बताए ।
शिविरमा मिर्गौला रोग विशेषज्ञ डा. क्लाराले प्रत्येक १० जनामध्ये एकमा मिर्गौला रोग समस्या रहेको हुँदा वर्षको एकपटक परीक्षण गर्नुपर्ने सुझाव दिइन् ।
रोटरी क्लब अफ पोखरा लेकसाइडले रोटरी किड्नी केयर निर्माणको लागि हालसम्म ३५ लाख बराबरको प्रारम्भिक पूर्वाधार निर्माण गरिसकेको छ । कुल ६ करोड लागतमा निर्माण किड्नी केयर सेन्टरको डिपिआर तयारी हुँदै गरेको सेन्टरका सचिव मीन गुरुङले जानकारी दिए । ३ रोपनी ४ आना जग्गामा १ वर्षभित्र बन्ने सो सेन्टरमा पहिलो चरणमा २० वटा डायलोसिस मेसिन जडान गरी सेवा दिइने किड्नी केयर सेन्टरका संयोजक कृष्ण थापाले बताए ।
क्लब अध्यक्ष हुम आलेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल, रोटरी क्लबका एसिस्टेन गभर्नर सन्तोष पोखरेल, जिएसआर विनोद कोइराला, कार्यक्रम संयोजक कृष्ण थापा, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, क्लब सचिव राजन कुमाल लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…
  • अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…

hero news full width