हेमजामा शुभकामना गोल्डकप तयारी

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७८
hemja gold cup

हेमजा । हेमजा युनाइटेडको आयोजनामा आगामी वैशाखमा छैटौं शुभकामना गोल्डकप हुने भएको छ ।
वैशाख १० देखि १७ सम्म हुने उक्त प्रतियोगिताको तयारीबारे आयोजक युनाइटेडले शुक्रवार सरोकारवालासँग अन्तक्र्रिया गरेको छ ।
त्यस अवसरमा एन्फा उपाध्यक्ष तथा वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा, एन्फा कास्की महासचिव रमेश कार्की, वडा सदस्य दलबहादुर कुँवर तथा राजनीतिक व्यक्तित्व रामचन्द्र त्रिपाठी, ऋषिराम पौडेल, मधुसुदन त्रिपाठी, दानबहादुर थापा, युवा सुधीरजंग थापा लगायतले धारणा राख्दै प्रतियोगितालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष इन्द्रबहादुर कुँवरले सबैको सहयोगबाट कप सम्पन्न हुने विश्वास व्यक्त गरे । सचिव सुनिल गायकले ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने नाराका साथ प्रतियोगिता सम्पन्न गर्न लागिएको जानकारी दिए ।
प्रतियोगितामा ए डिभिजन लिगमा आबद्घ तथा गण्डकी प्रदेशका विभिन्न क्लब गरी कुल ८ टिमको सहभागिता रहनेछ । विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।
खेल गौरीशंकर खेल मैदान(गैरी) मा प्रतियोगिता हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…
  • अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै…

hero news full width