काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७९ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन् । स्थानीय निर्वाचन प्रयोजनका लागि निवेदन दिएकामध्ये ७९ दल दर्ता भएको निर्वाचन आयोगले जानकारी दिएको हो ।
आयोगले १ करोड ७८ लाख ३४ हजार ७ सय ६५ मतदाताको नामावली तयार गरी स्थानीय तहको सबै वडामा फागुन १९ गते अद्यावधिकका लागि सूचना टाँस गरिएको जानकारी दिएको छ ।
आयोगका अनुसार सबैभन्दा बढी मोरङमा ७ लाख १७ हजार ६७ मतदाता छन् भने सबैभन्दा कम मनाङमा ६ हजार ५ सय ७१ रहेको छ ।
सबैभन्दा कम ४ सय ५० मतदाता भएको स्थानीय तह मनाङको नार्पाभूमि हो भने काठमाडौं महानगरपालिका सबैभन्दा बढी ३ लाख ५ सय ८७ मतदाता भएको स्थानीय तह हो ।
आयोगले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने सन्दर्भमा तीन तहकै सरकारलाई निर्वाचनसम्बन्धी कार्यमा आवश्यक सहयोग, सहकार्य, समन्वय र तयारीका लागि २४ विषय समावेश गरी निर्देशन हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलाई लेखी पठाएको छ । आयोगले निर्वाचनमा खटिने जनशक्तिका लागि २० लाख बराबरको सामूहिक दुर्घटना बिमा स्वीकृत भएको जानकारी दियो ।
आयोगले विगतका निर्वाचनमा प्रयोग भएका मतपत्रलाई आधार मानी विभिन्न जिल्लामा १६ देखि ६० लहरसम्मको मतपत्रको अनुमान गरिएको राजनीतिक दललाई आज अन्तरक्रियाका क्रममा जानकारी गराएको छ ।
आयोगका अनुसार १६ लहरकोे ११ जिल्ला, १८ लहरको ६ जिल्ला, २० लहरको १३ जिल्ला, २४ लहरको १४ जिल्ला, २८ लहरको १२ जिल्ला, ३३ लहरको ११ जिल्ला, ४० लहरको ७ जिल्ला, ४४ लहरको १ जिल्ला, ५० लहरको १ जिल्ला र ६० लहरको १ जिल्लाका लागि मतपत्र अनुमान गरिएको छ ।
निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मतपत्र छपाइ कार्य गर्न सम्भव नभएकाले आगामी चैत १६ देखि वैशाख २० गतेसम्म मतपत्र छपाइ गरी मुख्य निर्वाचन कार्यालयमा पठाइ सक्ने जानकारी दिइयो ।
हरियो रंगको चुनाव चिह्न
प्राविधिक समितिले दिएको सुझाव आधारमा आगामी स्थानीय तह निर्वाचनमा सेतो कागजमा हरियो रंगको निर्वाचन चिह्न र विवरण छपाइ गर्न आवश्यक प्रक्रिया अघि बढाइएको पनि आयोगले स्पष्ट पारेको छ ।
आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी तुल्याउने वातावरण तयार गर्न मतदानको महत्व, मतदान गर्ने तरिकालगायत विषयमा मतदातालाई सुसूचित गर्ने पहलका लागि सहयोग पुर्याउन आयोगले राजनीतिक दलसँग अपेक्षा गरेको छ । निर्वाचन आचारसंहिता पालनामा राजनीतिक दलको महत्वपूर्ण भूमिका रहने जनाउँदै आयोगले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने सिलसिलामा सुझाव र पृष्ठपोषण प्राप्त हुने अपेक्षा गरेको छ ।
Related News
सम्बन्धित समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
hero news full width
मुख्य समाचार
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१