पोखरा । पोखरामा बिहीबारदेखि गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । पहिलो दिन पुरुष र महिलातर्फको १५ इभेन्टमा खेल भए । । कुल २६ खेलअन्तर्गत पुरुष÷महिला जुनियर र सिनियर गरी ११ खेल बाँकी छन् ।
यहाँबाट छनोट हुने खेलाडीहरुले राष्ट्रियस्तरमा हुने प्रतियोगितामा भाग लिन पाउने छन् । पहिलो दिन छनोट खेलमा पुरुष ५४ केजी समूहतर्फ कास्कीका मन्दिप सुनार प्रथम भए । वागलुङका सुजन रसाइली द्वितीय भएका छन् । म्याग्दीका प्रमोद परियार र नवलपुरका सिजन भण्डारी तेस्रो भए ।
६३ केजी समूहतर्फ प्रकाश माझी पर्वत प्रथम भए । नवलपुरका सुनिल महतो दोस्रो, कास्कीका कविन्द्र ढुंगाना र बागलुङका दीपेन्द्र गुरुङ तेस्रो भएका छन् ।
७४ केजी समूहतर्फ क्रिपेश शर्मा म्याग्दी, दीपेन सुनार कास्की क्रमश प्रथम र द्वितीय भए । पर्वतका ईश्वर नेपाली र बागलुङका शिव विक तेस्रो भएका छन् । ५८ केजी तौल समूहमा सुजन कँडेल पर्वत र कनक प्रधान म्याग्दी दोस्रो तथा संगम परियार तनहुँ र सुजन रसाइली बागलुङ तेस्रो भए ।
६८ केजी तौल समूहमा हेमन्त गुरुङ कास्की र दिलीप विक फाइनलमा प्रवेश गरेका छन् । ८० केजीतर्फ साकिल लामगाडे कास्की प्रथम र शंकर पौडेल पर्वत दोस्रो भए । महिलातर्फ ४६ केजी समूहमा ईशा गर्वुजा म्याग्दी प्रथम र पे्रम कुमारी दर्जी दोस्रो भए ।
४९ केजीमा कास्कीका सरीता बयलकोटी प्रथम र नवलपुरका महिमा महतो दोस्रो हुँदा सोनिका थापा मगर गोरखा र स्वयता शाक्य म्याग्दी तेस्रो बने । ५३ केजीमा रश्मी श्रेष्ठ म्याग्दी प्रथम र मोनालिसा मल्ल कास्की दोस्रो तथा अमिसा थापा बागलुङ र विष्णु गुरुङ गोरखा तेस्रो भए । ५७ केजी तौल समूहअन्तर्गत अञ्जना परियार कास्की र सोनिया माझी पर्वत दोस्रो भए ।
६२ केजीअन्तर्गत पार्वती श्रेष्ठ कास्की र सोमा बुढा मगर म्याग्दी प्रथम र दोस्रो भए । रजनी परियार पर्वत तेस्रो भएकी छन् ।
६७ केजीतर्फ म्याग्दीकी सुस्मीता दर्जी म्याग्दी प्रथम र पर्वतकी स्मृती नेपाली पर्वत र बागलुङकी ममता खड्का तेस्रो भएको प्रतियोगिता संयोजक रमेश पौडेलले बताए । २ दिनसम्म चल्ने प्रतियोगिता शुक्रबार सकिनेछ ।
Related News
सम्बन्धित समाचार
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१