नवौं राष्ट्रिय खेलकुद जेठमा

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७८

पोखरा । पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठमा हुने भएको छ । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले विहिबार पोखरा रंगशाला निरीक्षण गर्दै स्थानिय तहको निर्वाचनपश्चात सो प्रतियोगिता हुने जानकारी दिएका हुन् ।
उनले भने, ‘चालु आवभित्रै पोखरामा नवौं खेलकुद गर्नुपर्ने बाध्यता छ । सकभर जेठभित्र नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको राजधानी पोखरामा हुनेछ ।’ एसियन गेममा नेपालले प्रतिफल राम्रो ल्याउने गरी छिट्टै तयारी पार्नुपर्ने चुनौती रहेको मन्त्री गहतराजले जनाए । राष्ट्रिय खेलकुदबाट उत्कृष्ट खेलाडीहरु नै छनौट गर्नुपर्ने प्रावधान भएकोले नवौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न सबै ध्यान केन्द्रित हुनु पर्ने उनले जनाए ।
कर्मचारीलाई निर्देशन समेत दिंदै मन्त्री गहतराजले छिटोमा जेठ दोश्रो हप्तामा नवौं खेलकुद प्रतियोगिता गर्नुपर्ने बाध्यता रहेको उल्लेखसमेत गरे । गेमको आवश्यकता र पूर्वाधार हेरी कुन जिल्लामा कुन खेल गर्ने भन्ने छलफलपछि टुंगाउने मन्त्री गहतराजले बताए । व्यहारिक र प्रभावकारी ढंगले के कस्तो उपाय अपनाउन सकिन्छ त्यसलाई मध्यनजर गरी सवै खेलकुदमा जुट्नुपर्ने अबस्था आएको उनले जनाए । उनको साथमा मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव कुलबहादुर थापा, राखेप बोर्ड सदस्य राजेशकुमार गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति प्रमुख लक्ष्मण योगी लगायतको उपस्थिति थियो । पोखरामा हुने भनिएको नवौं राष्ट्रिय खेलकुदको कोभिड प्रभावका कारण मिति घोषणा हुन सकेको छैन ।

Related News

सम्बन्धित समाचार

  • प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । पोखरामा आयोजित १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ मा दुई स्कुल च्याम्पियन बनेका छन् । ५ दिनसम्म चलेको स्पोर्टस्…
  • प्याब्सन स्पोर्टस् मिटको आज समापन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । प्याब्सन कास्कीको आयोजनामा पोखरामा जारी १८ औं प्याब्सन स्पोर्टस् मिटको आइतबार समापन हुँदैछ । पोखरा रंगशालामा दिउँसो गण्डकी…
  • एनप्याब्सन खेलकुद महोत्सव जारी

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । एन–प्याब्सन कास्कीको आयोजनामा ५ किमी सडक दौडमा छात्रतर्फ सिद्धार्थ लवडेल बोर्डिङका दुतमान गुरुङ र छात्रातर्फ त्रिवेणी पब्लिक सेकेण्डरीकी…
  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…

hero news full width