लागुऔषध ओसारपसारमा किशोर

रासस
फागुन २६, २०७८

काठमाडौं । एक १७ वर्षका किशोर (बालक) लागुऔषध ओसारपसारमा संलग्न भएको पाइएको छ । काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा४ख ५०१६ नम्बरको बसमा जाँच गर्ने क्रममा आज एक हजार २०० एम्पुल लागुऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनका साथबाट नियन्त्रित लागुऔषध ४०० एम्पुल डाइजेपाम, ४०० एम्पुल फेनारगन र ४०० एम्पुल नुर्फिन बरामद गरिएको छ । पर्साको वीरगञ्ज महानगरपालिका–२० बस्ने उनलाई कसैले लागुऔषध बोकाएर पठाएको अनुमान गरिए पनि कारण भने खुलेको छैन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खाना खाइ सुतेका व्यक्ति मृत

यता काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित जयाबाबा विश्वकर्मा कबाडी सेन्टरमा काम गर्ने भारत मोतिहारी थानाढाका स्थायी घर भएका ६५ वर्षीय रामबालक महतो आज मृत फेला परेका छन् ।

बिहान पूजापाठ गरी विभिन्न स्थानबाट कबाडी सामान सङ्कलन गरी खाना खाएर सुतेका उनी मृत भेटिएका हुन् । उक्त घटनाका विषयमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • रविविरुद्ध चितवनमा पनि जाहेरी

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ । सहारा चितवन सहकारीका…
  • दुर्गा प्रसाईंलाई ५ दिन थुनामै राख्न अनुमति

    आदर्श समाज सम्वाददाता मंसिर ५, २०८१
    पोखरा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बुधबार काठमाडौं जिल्ला…
  • प्रसाईंलाई ३ कसूरमा अनुसन्धान तयारी

    आदर्श समाज सम्वाददाता मंसिर ४, २०८१
    पोखरा । दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसहित ३ वटा कसूरमा अनुसन्धान गरिने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तयारी गरेको…
  • लामिछानेलाई १३ दिन म्याद थप

    आदर्श समाज सम्वाददाता कार्तिक २५, २०८१
    पोखरा, २० कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले…
  • सहकारी ठगीमा थप एक पक्राउ

    आदर्श समाज सम्वाददाता कार्तिक १०, २०८१
    पोखरा । सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नेचर…

hero news full width