पोखरा । हत्याका अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले ४६ वर्षीय अशोक गुरुङलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
१६ वर्षअघि सुनसरीबाट मजदुरी गर्न पोखरा आएका २० वर्षीय रोजन राईको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् । पोखराको सातमुहानेका गुरुङ हत्याको घटनापछि कुवेत र बहराइन पुगेका थिए ।
नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा उनलाई बहराइनबाट पक्राउ गरी मंगलबार नेपाल ल्याएको थियो । उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीको अनुमति दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।
कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले घटनाका प्रत्यक्षदर्शीको भनाइ र घटनास्थल मुचुल्का अनुसार अनुसन्धान अघि बढाइ गुरुङलाई पक्राउ गरिएको बताए ।
घटना विवरण अनुसार धरानका रोजन राई २०६३ साल ताका पोखरामा मजदुरी गर्थे । उनले साविक लेखनाथ–१३, सातमुहानेस्थित खुदी खोलामा ग्याबिन तारमा ढुंगा भर्ने काम गर्थे । २०६३ साल वैशाख २९ गते राति गुरुङले राईलाई कुटपिट गरी गम्भीर घाइते बनाएकोमा उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा उपचार क्रममा जेठ २ मा मृत्यु भएको थियो ।
सो घटनापछि पक्राउ परिने डरले गुरुङ फरार भएका थिए । डिएसपी तिवारीका अनुसार प्रारम्भिक अनुसन्धानमा सो घटनापछि गुरुङ काठमाडौं पुगेका थिए । त्यहाँ ३ महिना बसेर पोखरा फर्किएर १० लाख रुपैयाँ उठाएर भारत हुँदै कुवेत पुगेका थिए । २ वर्ष कुवेत बसेर नेपाल फर्किएका उनी काठमाडौंमा बस्ने गरेका थिए । २०६६ सालतिर बहराइन गए ।
कास्की प्रहरी प्रमुखको जिम्मेवारी लिएपछि एसपी रमेश थापाले रोकिएका फाइलको अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए । सो बमोजिम अनुसन्धान हुँदै जाँदा इन्टरपोलको सहयोगमा आरोपीलाई पुस १ मा पुलिसले पक्राउ गरेको पत्रकार सम्मेलनमा जनाइयो ।
Related News
सम्बन्धित समाचार
रविविरुद्ध चितवनमा पनि जाहेरी
दुर्गा प्रसाईंलाई ५ दिन थुनामै राख्न अनुमति
प्रसाईंलाई ३ कसूरमा अनुसन्धान तयारी
लामिछानेलाई १३ दिन म्याद थप
सहकारी ठगीमा थप एक पक्राउ
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१