आजदेखि लेखनाथ महोत्सव

आदर्श समाज सम्वाददाता
फागुन २६, २०७८
Lekhnath Mahotsav

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारदेखि १७ औं संस्करणको लेखनाथ महोत्सव सुरु हुँदैछ । आगामी चैत ७ सम्म चल्ने महोत्सवको आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ । महोत्सव एक समारोहबीच नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्ने छन् ।
आयोजकका अनुसार महोत्सवमा ३ सय स्टल बुकिङ भएका छन् । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्बृद्धि’ भन्ने मूल नाराका साथ हुने महोत्सव करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब १० करोड बराबरको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ । महोत्सवमा करिब १ करोड ५ लाख आम्दानी भइ १५ लाख बचत हुने अनुमान गरिएको छ ।
नेपाल इको प्यानलको मुख्य प्रायोजन र राष्ट्रिय वाणिज्य बैंकको सहप्रायोजन रहने महोत्सवको मुख्य उद्देश्य कोभिड–१९ ले थला परेको अर्थतन्त्र चलायमान बनाइ सो क्षेत्रको आर्थिक गतिविधि बढाउने रहेको संघका अध्यक्ष छत्रधर आत्रेयले बताए ।
महोत्सवमा महिला विशेष रत्यौली कार्यक्रम, विद्यालयस्तरीय कार्यक्रम, सास्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, कृषि तथा पशुपक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, जातजातिको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्कने नृत्य, विभिन्न जातजातिको झाँकी ¥याली तथा भेषभूषा प्रदर्शन, कलाकारको प्रस्तुति, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी कार्यक्रम, कन्सर्ट लगायत हुने प्रचार संयोजक गोपीचन्द्र बास्तोलाले बताए ।
महोत्सवको बचत रकम प्रदर्शनी स्थल र संघको भवनको स्तरोनति, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ वेगनासतालमा बराह मन्दिर संरक्षण, लेखनाथ उद्योग वाणिज्य संघको रजत वर्षको सन्दर्भमा वेगनासताल परिसरमा डिस्प्ले बोर्ड निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने बताइएको छ । यसअघि माघ दोस्रो साता तय भएको महोत्सव कोरोना महामारीको कारण स्थगित भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पुसमा २० औं लेखनाथ महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८१
    लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा…
  • आइकोनिक रिमझिम बल क्यान्डी

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । सुजल फुड्स प्रालिले लोकप्रिय क्यान्डी ‘रिमझिम बल’ पुनः बजारमा ल्याएको छ । नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजलले सन्…
  • ४ महिनामा साढे ४ खर्ब व्यापार घाटा

    रासस मंसिर ८, २०८१
    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।…
  • आदर्श समाजकर्मी शर्मा सम्मानित

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताएका छन् ।…

hero news full width