पोखरा । स्कोडाको सुविधा सम्पन्न शोरुम पोखराको नयाँबजारमा सञ्चालनमा आएको छ । युरोपियन लिडिङ ब्रान्ड स्कोडा गाडीको आधिकारिक आयातकर्ता एमएडब्लु इन्टरप्राइजले हालै पोखरामा आफ्नो गाडी बिक्रीका लागि एसएसएल मोटर्सलाई डिलर नियुक्त गरेको हो ।
नेपालमा स्कोडा गाडी सन् २००८ देखि एमएडब्लु इन्टरप्राइजेजले उपलब्ध गराउँदै आएको छ । यससँगै कम्पनीले नेपाली बजारमा युरोपियन कम्पनीको गाडी सर्वसुलभ बनाएको छ । कम्पनीले आफ्ना डिलर प्लानअन्तर्गत नेपालभर नेटवर्क विस्तार एवं स्थापना गर्ने क्रममा पोखरामा पनि युरोपियन स्ट्यान्डर्डको सोरुम स्थापना गरेको हो ।
नाडा अटोमोबाइल एसोसिएसन अध्यक्ष ध्रुव थापा र एमएडब्लुका कार्यकारी निर्देशक रोनक अग्रवालले सोरुम र वर्कसपको संयुक्त रुपमा उद्घाटन गरे । गाडीको व्यवसायमा सेल्ससँगै सर्भिसमा पनि जोड दिनुपर्ने थापाले बताए । युरोपियन ब्रान्ड भएकाले स्कोडा राम्रो गाडी भएको उनले बताए ।
पश्चिममाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन अध्यक्ष मोहनबाबु खड्काले स्कोडाले छोटो समयमा नै नेपालमा स्कोडा गाडीप्रति ग्राहकको आकर्षण बढेको बताए । ग्राहकमुखी सेवाप्रति प्रतिबद्ध रहँदै कम्पनीले बिक्रीपछिको सेवालाई प्राथमिकतामा राखेको जनाएको छ । पोखरामा सोरुम उद्घाटन अवसरमा मंगलबार र बुधबार स्पेसल टेस्ट ड्राइभ कार्यक्रम व्यवस्था रहेको एसएसएल मोटर्सका प्रबन्ध निर्देशक सूर्य बरालले जानकारी दिए ।
यसैबीच, एमएडब्लु इन्टरप्राइजले स्कोडा गाडी खरिदमा सहज फाइनान्स स्किम ल्याएको छ । जसअन्तर्गत १० लाख रुपैयाँ डाउनपेमेन्ट गरेर नै खरिद गर्न सकिने भएको छ । तरलता अभावको वर्तमान समयलाई मध्यनजर गर्दै कम्पनीले यो अफर ल्याएको हो । स्कोडा मन पराउने ग्राहक यो अफरबाट प्रत्यक्षरुपमा लाभान्वित हुने विश्वास कम्पनीले लिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
पुसमा २० औं लेखनाथ महोत्सव
आइकोनिक रिमझिम बल क्यान्डी
४ महिनामा साढे ४ खर्ब व्यापार घाटा
आदर्श समाजकर्मी शर्मा सम्मानित
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१