जुनियर तथा युवा दिवसमा आर्थिक सहयोग

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७८
Juresa Final

पोखरा । नेपाल युवा रेडक्रस सर्कल पोखरा २६ ले मानसिक बिरामी विशााल परियारलाई आर्थिक सहयोग गरेको छ । शनिबार नेपाल जुनियर युवा दिवसको अवसर पारेर परियारको परिवारलाई २१ हजार १ सय सहयोग गरिएको हो । बिरामी विशाल अहिले पोखराको बि जी अस्पतालमा उपचाररत छन् परियारको पारिवारिक अवस्था निकै नै कमजोर आर्थिक अवस्थामा रहेकोले रकम हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा सहयोग हस्तान्तरण गर्दै नेपाल रेडक्रस सोसाइटी कास्की शाखाकी उप मन्त्री उर्मिला खड्काले रेडक्रस विशुद्व मानवीय सेवा भावले काम गर्ने सहयोगी संस्था हो, यसले आपत् विपत, समस्यामा परेको हरेक कोही पनि मानव समुदायमा अग्रसर रहने संस्था भएकोले सबैले हरेक ठाउँ बाट सहयोग गर्नुपर्ने बताए । नेपाल युवा रेडक्रस सर्कल पोखरा २६ का अध्यक्ष विकास रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा नेरेसो पोखरा उप शाखाका सभापति शैलेन्द्रमोहन भट्टराई, उपशाखाका सचिव दीपकनाथ भण्डारी, उपशाखाका निवर्तमान सचिव एलपी ढुंगाना, युवा सर्कलका निवर्तमान अध्यक्ष सन्दीप ढुंगाना, कार्यक्रम संयोजक सुशील ढुंगाना लगायतले बोलेका थिए । कार्यक्रममा उपाध्यक्ष सूर्यचन्द्र राजभाटले स्वागत र सचिव तृप्ति भण्डारी सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width