पोखरा । जनप्रिय मावि, पोखरा ८ सिमलचौरमा पूर्व विद्यार्थीहरुको साधारण सभा तथा अधिवेशनले सरोजनारायण बरालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष केशवबहादुर थापा, महासचिव धीरज थापा, सचिव गणेश चालिसे, कोषाध्यक्ष प्रतिमा पोखरेल तथा सह–कोषाध्यक्ष सागर पौडेल चयन भए । सदस्यहरु रामप्रसाद मुल्मी, जमुना गुरुङ, शिला सिग्देल, लक्ष्मी भण्डारी, किरण ढकाल, कृष्णहरि सिग्देल, लुना थापा, विनोदकुमार शर्मा र राशेक श्रेष्ठ चयन भए ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बरालले विद्यालयको सर्वागीण विकासमा वडाको सधैं साथ रहने भन्दै आगामी दिनहरुमा अझै स्तरीय शैक्षिक पठनपाठनको लागि पूर्व विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए ।
कार्यक्रममा विशेष अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गिरी, प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटी, जनप्रिय बहुमुखी क्याम्पसका नि.क्याम्पस प्रमुख कृष्णबाबु बराल लगायतले शुभ–कामना मन्तव्य राखेका थिए । समितिका अध्यक्ष सरोजनारायण बरालको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य शिला सिग्देलले स्वागत तथा महासचिव रामेश्वर बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१