पोखरा । हरिनास गाउँपालिका स्याङ्जाले सञ्चालन गरेको १ घर १ धारा योजनाअन्र्तगत वडा नम्बर २ गुर्जामा खानेपानी योजना सम्पन्न भएको छ । योजना हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले उद्घाटन गरे । उनले गाउँपालिकाका जनतालाई घरघरमा खानेपानिको सुविधा दिंदै स्वच्छ खानेपानिको व्यवस्था गर्नु आफ्नो कार्यकालको विशेष काम भएको बताए । उनले भने,‘ खानेपानी जनताको आधारभूत आवश्यकता हो, हरिनास गाउँपालिकाले खानेपानी योजनालाई विशेष महत्व दिँदै काम गरेकाले थुप्रै ठाउँमा योजना सम्पन्न भइसकेका छन् ।’
हरिनास गाउँपालिका २ का अध्यक्ष परशुराम सिग्देलले छोटो समयमा नै योजना सफल बनाएको उपभोक्ता समिति र गाउँवासीलाई धन्यवाद दिए । गुर्जाका २४ घरधुरीका करिब १ सय जना लाभान्वित भएको उक्त योजना गाउँपालिकाको करिब ८ लाख सहयोग र करिब ३ लाख स्थानीय श्रमदानसहित ११ लाख २० हजारमा सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष महेशकुमार थापा ‘मदन’ ले बताए । उद्घाटन कार्यक्रममा वडा सदस्य हिममाया थापा, जनजागरण आमा समूहकी अध्यक्ष सेतीमाया थापा, पर्यटन व्यवसायी प्रेमबहादुर केसी लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१