पोखरा । नेपाल खानेपानी संस्थान सञ्चालक समितिका अध्यक्ष गुणाखर भुषालले जनतालाई स्वच्छ र सफा पानी वितरण गर्नुपर्ने बताएका छन् । पोखरा शाखा भ्रमणमा रहेका अध्यक्ष भुषालले दातृ निकायबाट प्राप्त सहयोगलाई उचित ढंगबाट प्रयोग गर्दै नागरिकलाई आवश्यक स्वच्छ पिउने पानी वितरण गरिनुपर्नेमा जोड दिएका हुन् ।
अध्यक्ष भुषालाई पोखरा शाखाका कार्यालय प्रमुख आशीष कार्कीको नेतृत्वमा स्वागत तथा सम्मान गरिएको थियो । सभामा कर्मचारी भेटघाट तथा जाइकाद्वारा निर्माण भइरहेको कामको अवलोकन गर्ने क्रममा अध्यक्ष भुषालले सेवाप्रति सन्तुष्टी भएको उल्लेख गरे । अवलोकन भ्रमणमा आएका अध्यक्ष भुषालले सेवाग्राहीले गुणस्तरीय पानी पिउन पाउनुपर्ने जोड दिए । कर्मचारी लक्षित धारणा राख्दै स्थानीयबाट हुने सहयोग ठूलो हुने बताए । उनले कर्मचारीलाई पदीय दायित्व बहन गर्न आग्रह गर्दै केन्द्रीय कार्यालयमा हुन नसकेको उपस्थिति देखेर खुसी लागेको बताए ।
उपभोक्ताको सेवामा कर्मचारीले यसै गरी काम गर्न सके संस्थान बलियो हुने बताए । केन्द्रीय कार्यालय, बनेपा तथा मिनरल वाटरमा कर्मचारी संख्या धेरै भएको भन्दै उत्पादनमुखी, सेवामुखी तथा नाफामुखी कार्यालयमा कर्मचारीको उचित व्यवस्थापन हुनुपर्ने अध्यक्ष भुषालको धारणा थियो । न्यूनतम, निशुल्क र स्वच्छ पानी पोखरा शाखाले वितरण गर्नेछ भन्दै चुहावट तथा लिकेजमा ध्यान दिन कार्यालयलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा संस्थान संस्थागत सेवा महाशाखा प्रमुृख त्रिदीपकुमार श्रेष्ठले उमेरहदसम्बन्धी लोकसेवासँग आफूले धेरै नै परामर्श गरेको बताए । श्रेष्ठले संस्थानको नयाँ विनियम मन्त्रालयबाट क्यबिनेट लैजाने तयारी भएको बताउँदै छिट्टै समस्याको समाधान हुनेमा विश्वस्त रहन कर्मचारीलाई आग्रह गरेका थिए । ३ तहसम्मको करार दरबन्दीमा कार्यरत कर्मचारीको समस्या कम हुने बताउँदै कानुनभन्दा माथि कोही जान नसक्ने बताए ।
कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघका महासचिव केदार धमलाले स्थायी र करार कर्मचारीको विभेद अन्त्य हुुनुपर्ने बताए । धमलाले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा लग्नै पर्नेमा जोड दिए । कार्यक्रममा अस्थायी, करार तथा ज्यालादारीको समस्या समधान गर्न अखिल नेपाल श्रमिक संघ, गण्डकी अध्यक्ष हरि पौडेलले ज्ञापनपत्र बुझाएका थिए ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१