दीप हस्पिटलको शिविरमा ३५० जनाको स्वास्थ्य जाँच

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७८
deep hospital

पोखरा । पोखरा–१, बगरस्थित दीप हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले आयोजना गरेको बृहत स्वास्थ्य शिविरमा ३ सय ५० जना प्रत्यक्ष लाभान्वित भएका छन् । विगत १ वर्षबाट सञ्चालनमा आएको दीप हस्पिटलले आम सर्वसाधारणको लागि पहिलो पटक हस्पिटल परिसरमै बृहत स्वास्थ्य शिविर आयोजना गरेको अस्पतालका व्यवस्थापक शालिकराम गौतमले बताए ।
हस्पिटलले आयोजना गरेको शिविरमा पेट, छाती तथा मुटुरोग सम्बन्धी जाँच परीक्षणमा सबैभन्दा बढी आकर्षण बढेको थियो । दोस्रोमा हाडजोर्नी तथा नशारोग परीक्षणमा आएको व्यवस्थापक गौतमले बताए । शिविरमा पोखरा महानगरपालिका वडा नं. १, २, ३, १६, १९ र २० का अलावा माछापुच्छे« गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाबाट उल्लेख्य उपस्थिति रहेको थियो ।
अन्तर्राष्ट्रिय स्तरका उच्च गुणस्तरका उपकरणहरुबाट स्वास्थ्य परीक्षण गराउन पाउँदा सेवाग्राहीहरुले खुसी व्यक्त गरेका थिए । छोरेपाटनबाट स्वास्थ्य परीक्षणका लागि शिविर स्थल आइपुगेकी विन्दु श्रेष्ठले स्वास्थ्य जाँचका लागि उच्च प्रविधियुक्त उपकरण रहेको अस्पतालमा रोगको डाइग्नोस्टिक तथ्यपरक हुने बताइन् ।
शिविरमा छाला तथा यौन रोग, हाडजोर्नी, स्त्री तथा प्रसुती, बालरोग, आँखा, नाक, कान, घाँटी, फिजियोसम्बन्धी विशेषज्ञ डाक्टरहरुद्वारा निशुल्क स्वास्थ्य परीक्षण गरिएको र औषधी र ल्याब परीक्षणमा १० देखि ३० प्रतिशत सम्म छुट उपलब्ध गराइएको अस्पतालले जनाएको छ । शिविरमा नाम लेखाएर कार्ड लिएकाहरुलाई २०७९ भाद्र २० गते सम्मका लागि स्वास्थ्य जाँचलगायत अस्पतालबाट उपलब्ध गराइने सम्पूर्ण सेवामा विशेष छुट दिइने अस्पतालका प्रबन्ध निर्देशक अर्जुन गुरुङले घोषणा गरेका छन् । शिविर सफल तुल्याउन भीमकाली पाटन युवा क्लब बगर भाइखलक र स्थानीय समुदायले सक्रिय सहयोग पु¥याएको भन्दै हस्पिटल व्यवस्थापनले आभार व्यक्त गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • आँगन सहकारीको पाँचौं साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । पोखरा १३, गौडामुखस्थित आँगन बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । पर्यटकीयस्थल कार्की डाँडामा…
  • निःशुल्क स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी…
  • सयपत्रीमा झण्डै ६ हजार शेयर सदस्य

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सयपत्री बचत तथा ऋण सहकारी संस्था लि., पोखराको १५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । सभाको उद्घाटन…
  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • पूर्व कर्मचारी सहकारीको साधारण सभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । पूर्व कर्मचारी बचत तथा ऋण सहकारी संस्था पोखरा–७, रत्नचोकको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो ।…

hero news full width