काठमाडौं । नेपालका छापाखाना सञ्चालकहरुको साझा संस्था नेपाल मुद्रण उद्योग महासंघको चौथो अधिवेशनले खोमकान्त रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा विष्णु तिवारी, प्रथम उपाध्यक्षमा अरुण सापकोटा र द्वितीय उपाध्यक्षमा राजकुमार घिमिरे चयन भए ।
उपाध्यक्षहरु प्रदेश नं. १ बाट राजनप्रसाद पाठक, मधेश प्रदेशबाट प्रमोदकुमार गुप्ता, वागमती प्रदेशबाट कुयाङ लामा, गण्डकी प्रदेशबाट पदमलाल श्रेष्ठ, लुम्बिनी प्रदेशबाट मनोजकुमार जिसी, कर्णाली प्रदेशबाट हिमकुमारी उपाध्याय, र सुदुर पश्चिम प्रदेशबाट नरसिंह धामी रहेका छन् ।
महासचिवमा कमलप्रसाद पोखरेल, उपमहासचिवमा अर्जुनप्रसाद सापकोटा, सचिवमा जीवन गोखौली, सहसचिवमा मीना सुवेदी ढकाल, कोषाध्यक्षमा सुदिप न्यौपाने, सहकोषाध्यक्षमा गिरिराज गैरे, र एसोसियट तर्फबाट सदस्यमा वसन्तनारायण भोछिमोया निर्वाचित भए ।
सदस्यहरु प्रदेश नं. १ बाट खिलाराज पराजुली र खड्गबहादुर खड्का, मधेशप्रदेशबाट नवलकिशोर राय, वागमती प्रदेशबाट विजय पाख्रिन र खिलनाथ लुइटेल, गण्डकी प्रदेशबाट कृष्णप्रसाद बास्तोला र खगेन्द्रप्रसाद अर्याल, लुम्बिनी प्रदेशबाट हरिमच्म डाँगी र चण्डीप्रसाद गैरे, कर्णाली प्रदेशबाट सोमराज ढकाल र हिरामणि चौलागाईं, सुदुरपश्चिम प्रदेशबाट छत्रबहादुर साउद र मणिकान्त मिश्र निर्विरोध निर्वाचित भए ।
खुलातर्पm सदस्यहरु विश्वराम दुवाल, सत्यराम महर्जन, निराजन शाक्य, चण्डी ढकाल, हरि पहारी, राजु पोखरेल, दीपक दाहाल, कृष्णप्रसाद पराजुली, इन्द्रप्रसाद नेपाल, शम्भु शाह र गौराज श्रेष्ठ चयन भए ।
महासंघका अध्यक्ष पुष्कल गौतमको अध्यक्षतामा भएको अधिवेशन संस्थापक अध्यक्ष उदय नरसिंह वादे श्रेष्ठले उद्घाटन गरेका थिए । अधिवक्ता समुन्द्रप्रसाद पाठकको संयोजकत्वमा गठित समितिले निर्वाचन गराएको थियो ।
समापन समारोहमा नवनिर्वाचित अध्यक्ष खोमाकान्त रेग्मीले सबैलाई एकाकार गरेर अघि बढ्ने बताए । अधिवेशन समापनपछि लगत्तै बसेको कार्य समितिको बैठकले सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न गर्न सहयोग पुर्याउने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ ।
गण्डकीका सबै निर्विरोध
नेपाल मुद्रण उद्योग महासंघको चौथो अधिवेशनमा गण्डकी प्रदेशका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । गण्डकी प्रदेशबाट उपाध्यक्षमा पदमलाल श्रेष्ठ, सचिवमा जीवन गोर्खाली तथा केन्द्रीय सदस्यमा कृष्णप्रसाद बास्तोला र खगेन्द्रप्रसाद अर्याल निर्वाचित भएका हुन् ।
Related News
सम्बन्धित समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
ओली चीन भ्रमण जाँदै
घार्मीमा बालाचतुर्दशी रौनक
भवन निर्माण आचारसंहिता प्रशिक्षण
hero news full width
मुख्य समाचार
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१