पल शाहलाई थप १२ दिन हिरासतमा राखिने

आदर्श समाज सम्वाददाता
फागुन २२, २०७८
pal shah

पोखरा ।
नाबालिकामाथी जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका नायक पूर्ण विक्रम शाह (पल) लाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । जिल्ला प्रहरी कार्यालयको सिफारिसमा जिल्ला अदालत तनहुँले उनलाई १२ दिन थुनामा राख्न अनुमति दिएको हो ।
यसअघि उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिईएको थियो । दिईएको म्यादमा अनुसन्धान नसकिएपछि म्याद थप गरिएको हो । गत आइतबार शाह आफै जिल्ला प्रहरी कार्यालयमा आएर आत्मसमर्पण गरेका थिए । शाह विरुद्ध नवलपुरको गैंडाकोटमा पनि उजुरी परेको छ ।
उनले विभिन्न समयमा एक नाबालिका माथी जबरजस्ती करणी गरेको आरोप सहित जाहेरी परेको तनहुँ प्रहरीका प्रबक्ता डीएसपी युवराज खड्काले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग