मनाङ। पुनरुत्थानशीलता विश्लेशण तथा जीविकोपार्जनसम्बन्धी विस्तृत अध्ययन कार्यशाला सदरमुकाम चामेमा आयोजना गरिएको छ । कार्यशालामा पालिकास्तरको जीविकोपार्जनका मुख्य माध्यमको पहिचान गरिनाका साथै जलवायु परिवर्तनले खाद्यसुरक्षा र जीविकोपार्जनमा पारेको असर तथा समुदायको अनुकूलन क्षमताका सम्बन्धमा विस्तृत छलफल गरी सोसम्बन्धी सूचना सङ्कलन गरिएको विश्व खाद्य कार्यक्रम गण्डकी प्रदेश संयोजक विष्णु आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो अध्ययन गण्डकी प्रदेशका सबै जिल्लामा गरिने र अध्ययनको नतिजा सङ्घ, प्रदेश र स्थानीय सरकारलाई उपलब्ध गराउने उद्देश्यका साथ कार्यशाला गरिएको हो । साथै यस अध्ययनबाट प्राप्त हुने निष्कर्षका आधारमा आगामी दिनमा सरोकारवालालाई तथ्यमा आधारित रही आवश्यक नीति निर्माण गर्न र योजना निर्माण तथा कार्यान्वयनका लागि सहयोग पुग्ने अपेक्षा गरिएकोसमेत संयोजक आचार्यले प्रष्ट्याउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख यज्ञप्रसाद घलेले स्थानीयवासीको प्रत्यक्ष संलग्नतामा गरिने यस्तो छलफल तथा सूचना सङ्कलनले स्थानीयस्तरको अवस्थाको यथार्थ चित्रण हुनसक्ने र यसबाट जिल्ला तथा पालिकास्तरमा नीति, निर्माण र योजना तर्जुमा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
साथै यस अध्ययनबाट प्राप्त हुने निष्कर्षका आधारमा आगामी दिन वातावरणीय जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालनमा सहयोग गर्न पनि सम्बन्धित सरोकारवाला निकायलाई अनुरोध गरिएको थियो । राष्ट्रिय योजना आयोग र गण्डकी प्रदेश नीति तथा योजना आयोगको आयोजना, जिल्ला समन्वय समितिको संयोजन र विश्वखाद्य कार्यक्रमको सहकार्यमा सञ्चालित उक्त कार्यशालामा जिल्लाका चारवटै गाउँपालिकाका साथै जिल्लास्थित अन्य सरोकारवाला निकायको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१