तनहुँसुरको विकासको गति अगाडि बढेको छः श्रममन्त्री श्रेष्ठ

रासस
फागुन २१, २०७८
Tanahunsur

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ऐतिहासिकस्थल तनहुँसुरको विकासको गतिमा अगाडि बढेको बताउनुभएको छ ।

नेकपा एकीकृत समाजवादी व्यास–११ ले आज देउराली डाँडामा आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उहाँले सम्भावना भएर पनि ओझेलमा परेको तनहुँसुर विकासको गतिमा अगाडी बढेको बताउनुभएको हो ।

तनहुँसुरसम्म पुग्ने खड्काली मोटरमार्ग कालोपत्र भएसँगै आज तनहुँसुरमा पर्यटकको चहलपहल बढेको बताउँदै मन्त्री श्रेष्ठले भन्नुभयो, “ऐतिहासिक ठाउँ भएर पनि तनहुँसुर विकासमा पछाडि पर्‍यो, अब यसको विकासको गतिलाई थप अगाडी लैजान मैले सकेको सहयोग गर्छु ।” आफ्नै पहलमा खड्गकाली मोटरमार्ग कालोपत्र भएको बताउँदै उहाँले भन्नुभयो, “विकासमा कसैलाई काखापाखा गर्दिन, विकास नै मेरो मूल मन्त्र हो ।”

मन्त्री श्रेष्ठले कुनै बेला मानुङकोट चर्चित भएर आन्तरिक पर्यटकको भिड बढेको स्मरण गर्दै अब त्यो सम्भावना तनहुँसुरमा रहेको बताउनुभयो । “रुखलाई बीचमा पारेर सडक कालोपत्र भएसँगै यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । यदि सडक कालोपत्रे हुन्थेन भने चौतारी र देउरालीडाँडा चर्चित हुने थिएन”, उहाँले भन्नुभयो । मन्त्री श्रेष्ठले देउरालीडाँडामा व्यवस्थित उद्यानका लागि आवश्यक बजेट विनियोजन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफू जनताको सेवक भएको बताउँदै मन्त्री श्रेष्ठले जनताको काम र सेवा गर्न राजनीति सुरु गरेको बताउनुभयो । “म शासक होइन, सेवक हो, जनताको सेवामा सधैं समर्पित हुनेछु,” उहाँले भन्नुभयो । तनहुँ क्षेत्र नम्बर १ मा विकासको लहर आएको दाबी गर्दै मन्त्री श्रेष्ठले भानुमा रु ५० करोड र भिमादमा रु २५ करोडका योजना सञ्चालनको तयारीमा रहेकमो जानकारी दिनुभयो ।

नेकपा एकीकृत (समाजवादी) का केन्द्रीय सदस्य शङ्करनारायण श्रेष्ठले स्थानीयवासी अग्रसर नभएसम्म तनहुँसुरको विकास सम्भव नहुने बताउनुभयो । नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव श्रीराम कार्की र नवआदर्श टोल विकास संस्थाका अध्यक्ष सञ्जय श्रेष्ठले तनहुँसुरको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

नेकपा (माओवादी) केन्द्रका नेता एवं स्थानीयवासी ज्ञानबहादुर थापा र मदन थापाले तनहुँसुरको विकासका लागि धेरै काम गर्न बाँकी रहेको भन्दै त्यसको नेतृत्व लिन पनि मन्त्री श्रेष्ठलाई आग्रह गर्नुभयो ।

Related News

सम्बन्धित समाचार

  • वाटर फ्रन्टको पर्खाल बहुमतका कार्यकर्ताले भत्काए

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता कार्यकर्ताहरुले पोखराको फेवाताल किनारको वाटर फ्रन्ट होटलको पर्खाल…
  • पर्वतीय महोत्सव तयारी

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराको संयुक्त आयोजनामा पोखरा–१७ स्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा २३–२७ मंसिरसम्म पर्वतीय…
  • कधलान्दु्रकमा हनी हन्टिङ महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । कास्कीको पर्यटकीय गाउँ लान्द्रुकमा भिरमौरीको मह काढ्ने (हनी हन्टिङ) महोत्सव तयारी थालिएको छ । अन्नपूर्ण गाउँपालिका ७ स्थित…
  • शिक्षक संगठनमा श्रीकान्त

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन, पोखरा महानगर समितिले संगठन सुदृढीकरण तथा विस्तार कार्यक्रमअन्तर्गत वडा १ मा शिक्षक भेला गरी…
  • पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तराष्ट्रिय उडान हुनुपर्ने मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराइएको छ । गण्डकीका उद्योग…

hero news full width