मोबाइलले स्थानीयमा खुसीयाली

आदर्श समाज सम्वाददाता
फागुन २०, २०७८
mobile

बागलुङ । केही दिन पहिलेसम्म त्यस क्षेत्रमा मोवाइल सेवा थिएन । गाउँलेलाई सूचना आदानप्रदान गर्न सम्बन्धित ठाउँमा घण्टौं लागेर धाउनु पथ्र्याे ।
मोबाइल सेवा नहुँदा निसीखोला १, देवीस्थानस्थित पाखापानी, तोरीखर्क, किटेनी, बराहचौर, सात्ले, स्वाँरा, डाँडागाउँ, पुर्नगाउँका झण्डै ५ सय घरधुरीले निकै समस्या झेल्दै आएका थिए । अहिले भने नेपाल टेलिकमले उक्त गाउँको लेबाङमा १२ मिटर अग्लो टावर निर्माण गरी सेवा सञ्चालनमा ल्याएपछि स्थानीय खुसी छन् ।
नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्न आफ्नो सेवा विस्तार र स्तरोन्नतिलाई तीव्ररुपमा अगाडि बढाइरहेको सन्दर्भमा उक्त दुर्गम गाउँ लक्षित गरी सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इ. केशव शर्माले जानकारी दिए ।
‘स्थानीयलाई मध्यनजर गर्दै टेलिकमले अहिले टुजीमार्फत भ्वाइस सेवा सञ्चालनमा ल्याएको उनले बताए । मोवाइल सेवा सुचारु भएसँगै मोबाइल प्रयोगकर्तालाई सहजता भएको छ,’ शर्माले भने, ‘यसअघि त्यस स्थानमा कुनै पनि मोबाइल सेवा थिएन । स्थानीय सञ्चारको पहुँचमा नहुँदा कठिनाई भोग्दै आएका थिए ।’
अब मोबाइल सेवा सञ्चालनमा आएसँगै उक्त समस्या हटेको छ । छिट्टै अत्याधुनिक प्रविधिको चौंथो पुस्ताको फोरजी मोबाइल सेवा उपलब्ध गराउन टेलिकमले गृहकार्य गरिरहेको छ । सेवा नपुगेको ठाउँमा सेवा विस्तार गर्ने र सञ्चालन भएका ठाउँमा आवश्यकता अनुरुप सेवाको समयसापेक्ष स्तरोन्नति गर्ने टेलिकमले जनाएको छ ।
मोबाइल सेवा नहुँदा यहाँका नागरिकको समस्यालाई मध्यनजर गरेर हामीले नेपाल टेलिकमसँग समन्वय गरेका थियौं । भौगोलिक विकटता, उपकरण पु¥याउन निकै कठिन परिस्थिति सामना गर्दै टेलिकमसँगको सहकार्यमा सेवा सञ्चालन गर्न सफल भएको समाजसेवी भरत पुनले बताए । पहिले डाँडाकाँडा तिर पुगेर फोन गर्नुपर्ने बाध्यता रहेकोमा अहिले टावर बनेपछि घरमै बसेर मज्जाले कुराकानी गर्न पाउँदा खुसी लागको लेबाङ निवासी मनिलाल बुढामगरले बताए । सेवा सञ्चालनपछि निसीखोला १, देविस्थानको साविक वडा ३ र ४ का ५ सय बढी घरधुरी लाभान्वित भएको स्थानीय प्रसाद विश्वकर्माले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग