पोखरा । नेपाल प्रेस युनियन कास्कीको आयोजनामा बिहीबारदेखि पोखरामा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । तालिम उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले लोकतन्त्रको रक्षाको लागि संचारजगतको भूमिका महत्वपूर्ण रहेको बताए । पत्रकारकै कारण देशमा विभिन्न किसिमका आन्दोलन सफल भएको चर्चा गर्दै उनले पत्रकारिता मिसनको लागि नभई लोकतन्त्रको रक्षाका लागि हुनुपर्ने सुझाव दिए ।
गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले प्रदेश सरकारले पत्रकारमैत्री कानुनमैत्री ल्याउने आश्वासन दिए । उनले संसदमा रहेको मिडिया विधेयक पत्रकारको रायसुझाव अनुसार नै आवश्यक संशोधनसहित पारित गर्ने बताए ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पत्रकारिता सधै प्रयोगशाला हो भन्दै पत्रकारितामा वरिष्ठ होस् वा कनिष्ठ सबै उत्तिकै अध्ययनशील हुनुपर्ने बताए ।
नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले समयअनुसार चल्न नसक्ने पत्रकार पछि पर्ने बताए ।
नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनीले पत्रकारको लागि ल्याइएको पेन्सन सुविधा तथा पत्रकारको २५ प्रतिशत तलब सुविधा वृद्धिमा पत्रकार महासंघको लामो समयदेखि पहल रहेको स्मरण गराइन् ।
पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माले पत्रकारितामा लोकप्रिय हुने वा नहुने भन्ने विषय स्वयं पत्रकारकै भर पर्ने बताए ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले मिसन पत्रकारिताभन्दा व्यावसायिक पत्रकारितामा जोड दिनुपर्ने बताइन् ।
युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा युनियनका केन्द्रीय सदस्य टंकराज अधिकारी, युनियन कास्की सल्लाहकार तारा पाखे, डा. बलराम उपाध्याय रेग्मी, नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारी, युनियन कास्की उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव प्रदीप पौडेल लगायतले पत्रकारको हकहितको पक्षमा बोलेका थिए । ३ दिनसम्म चल्ने तालिममा विभिन्न संचारमाध्यममा कार्यरत तथा नयाँ गरी करिब ५५ जना प्रशिक्षार्थी सहभागी छन् ।
यसैबीच, समारोहमा आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्मालाई सफल कार्यकालको शुभकामनासहित बधाई ज्ञापन गरिएको थियो । तालिमका प्रमुख प्रशिक्षक सन्तोष पोखरेल हुन् । प्रशिक्षकहरुमा रमेश पौडेल, गंगाधर पराजुली, रवीन्द्र बास्तोला, सरिता तिमिल्सिना पगेनी, नारायण शर्मा, विमला भण्डारी, राजबहादुर गुरुङ, बासु मिश्र, भानु पराजुली, बासुदेव पौडेल लगायत छन् । तालिममा पत्रकारिताको सिद्धान्त, फिचर लेखन शैली, बोल्नेशैली, पत्रकारिताको आचारसंहिता, भाषणशैली, पत्रकारितामा भाषा, पत्रकारको विगत, वर्तमानको अवस्था, अग्रज पत्रकारको अनुभव लगायत विषय समेटिएकोे छ ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१