पोखरा । नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु २’ का मुख्य कलाकार अभिनेता पल शाह हिरासतमा बेचैन बन्दा फिल्म युनिट प्रचारका लागि देशदौडाहामा छ ।
२ वर्षसम्मको कोरोना महामारीले थला परेको फिल्मी बजारको मौनता तोड्दै गत शुक्रबारदेखि यो फिल्म देशव्यापी प्रदर्शनमा आएको हो । फिल्मको सुरुआती व्यापार सन्तोषजनक भए पनि अभिनेत्री पूजा शर्माको मुहारमा उस्तै बेचैन भेटिन्छ । किनकि फिल्म युनिटकै एक सदस्य नावालिगमाथि जबर्जस्ती करणी अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् ।
मलिन अनुहारमा बिहीबार पोखराको चिप्लेढुंगास्थित सिने प्लेक्समा उनले दर्शकसामु पल शाहको तत्काल रिहाइ हुने र चाँडै नै सँगै फिल्म हेर्न पाइने सदीक्षा व्यक्त गरिन् । छोटो मन्तव्यमा उनले फिल्मलाई यसैगरी माया गरिदिन पनि आग्रह गरिन् । बुधबारमात्र पललाई भेटेको भन्दै उनले भेटमा ‘हलमा पुग्दा तिमी (पल) लाई दर्शकले निकै मिस गरेको’ कुरा सुनाएको बताइन् । वर्षौ लगाएर गरेको मिहिनेतमा फिल्म आफैले हेर्न नपाए पनि प्रशंसाले उनलाई आनन्द आउने गरेको कुरा शर्माले सुनाइन् ।
फिल्म निर्देशक सुदर्शन थापाले पललाई दर्शकले माया दर्शाएको उल्लेख गर्दै न्याय–अन्यायको जिम्मा अदालतको भएको भनी सटिक उत्तर दिए । ‘हामी कानुनअनुसार हिंड्नुपर्छ । कानुनअनुसार बाँच्नुपर्छ,’ उनले भने, ‘भोलि कानुनले दोषी ठह¥याए दोषी हुन्छ । निर्दोष ठह¥याए निर्दोषी हुन्छ । यो कुरा न तपाईंले बोलेर केही हुनेवाला छ, न मैले बोलेर हुन्छ । कानुनले राइट डिसिजन गर्छ । हामी त्यही पर्खाइमा छौं ।’
रिलिजअघि फिल्म युनिटले फिल्म प्रचारका लागि पल–समीक्षालाई एकसाथ अन्तर्वार्तामा ल्याएको भन्ने विषय मिथ्या आरोपमात्र भएको उनको भनाइ छ । विषम परिस्थितिमा सेन्टिमेन्ट क्याच गर्दै देश दौडाहामा रहनु उचित हो ? भन्ने पत्रकारको जिज्ञासामा निर्देशक थापाले सो विषय नकारात्मक टिप्पणीमात्र हो भन्दै जोगिन खोजे । फिल्मले आक्रामक व्यापार गरिरहेको भन्दै दर्शकले यसैगरी माया गरिदिन फिल्म युनिटले आग्रह गरेको छ । फिल्ममा पल शाह, पूजा शर्मा अलावा हरिहर शर्मा, दिनेश डिसी लगायतको मुख्य भूमिका रहेको छ । फिल्म हलमा पुग्दा दर्शकले अभिनेत्री पूजासँग सेल्फी खिच्न भ्याएका थिए ।
पोखरामा पत्रकार सम्मेलनको चाँजोपाँजो चलचित्र पत्रकार संघ कास्कीले मिलाएको अध्यक्ष अरुण गिरीले बताए । फिल्म युनिट दमौली हुँदै बिहीबार पोखरा आएको र पोखरापछि चितवनतिर जाने अर्का निर्देशक सोभित बस्नेतले बताए ।
Related News
सम्बन्धित समाचार
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
‘हल्कारा’ अमेरिकी फिल्म फेस्टिभलमा
‘अनागरिक’ नाटक मञ्चन
अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामै राख्न नवलपुर अदालतको आदेश
अभिनेता पललाई थुनामा पठाउन आदेश
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९