पोखरा । नेकपा एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले वर्तमान गठबन्धन लामो समय नटिक्ने दाबी गरेका छन् ।
प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको बिहीवार पोखरामा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले अवसरवादका जगमा बनेको गठबन्धन कमजोर बन्दै गएको आरोप लगाए ।
वर्तमान सरकारले मुलुकको विकास एवं जनताका अपेक्षा सम्बोधन गर्न नसकेको बताउँदै पत्रकारजगत्ले यस किसिमका मुद्दालाई अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका गुरुङले पत्रकारिता क्षेत्र जिम्मेवार र मर्यादित हुनुपर्ने बताए । उनले समाजका सत्यतथ्य कुरालाई जनतामाझ ल्याउनुपर्नेमा पनि जोड दिए ।
प्रेस चौतारीमा आवद्ध पत्रकार नेताका वरिपरि घुम्नुभन्दा अध्ययन, अनुसन्धान आधारमा लेखरचना माध्यमबाट जनतालाई सुसूचित गर्दै समृद्ध नेपालको अभियानमा जुट्नुपर्ने सुझाव दिए ।
एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले माओवादीले एससिसी सम्झौतामा सडक र सदनमा दोहोरो चरित्र देखाएको आरोप लगाइन् ।
प्रेस चौतारी नेपाल गण्डकी अध्यक्ष सुष्मा पौडेलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विभिन्न वक्ताले मुलुकको समृद्धि, विकास एवं राजनीतिक परिवर्तनमा संचारजगतको ठूलो भूमिका रहेको बताएका थिए । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । अधिवेशनमा भाग लिन गण्डकीका ११ जिल्लाबाट प्रतिनिधि पोखरा आएका छन् ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१