पोखरा । नेकपा माओवादी केन्द्रको पोखरा महानगर कमिटी अध्यक्षमा हरिनारायण गिरी (विज्ञान) निर्वाचित भएका छन् । बिहीबार भएको भेलाले गिरीको अध्यक्षतामा नयाँ कमिटी तयार गरेको हो ।
तोकिएको समयभन्दा ३ महिनापछि कमिटी गठन भएको हो । धेरैले आकांक्षा देखाएपछि महानगर अधिवेशन स्थगित भएको थियो । प्रदेश र केन्द्रको अधिवेशन सकिएपछि आकांक्षी धेरै नेताहरु माथिल्लो कमिटीमा गएका कारण अहिले सहज भएको माओवादी नेताहरु बताउँछन् ।
कमिटी उपाध्यक्षमा भानुभक्त अधिकारी, पुष्पकमल ढुंगाना र हर्कमान बिक चयन भएका छन् भने सचिवमा जनकराज सुवेदी छानिए । यस्तै, सहसचिवमा विमला पहारी र कोषाध्यक्षमा सूर्यप्रकाश तिवारी सर्वसम्मत चयन भएको महानगर इन्चार्ज दीपक कोइरालाले जानकारी दिए । उनका अनुसार अहिले ८३ सदस्यीय कमिटी तयार भएको छ । माओवादी विधानमा ९९ सदस्य हुने व्यवस्था छ । बाँकी सदस्य मनोनीत गरिने उनले बताए ।
योसँगै गण्डकी प्रदेशमा अब ३ वटा पालिकामात्रै अधिवेशन हुन बाँकी छ । कास्कीका माछापुच्छ«े र अन्नपूर्ण गाउँपालिका तथा गोरखाको पालुङटार नगर कमिटी गठन हुन बाँकी रहेको माओवादी गण्डकीले जनाएको छ । त्यसो त प्रदेश कमिटी पनि पूर्ण भएको छैन । अध्यक्षमा गायत्री गुरुङलाई चयन गरेपछि अधिवेशनको बाँकी काम स्थगित छ । माओवादीको संशोधित विधान अनुसार अहिले जिल्लालाई कार्यकारी अधिकार छैन । यद्यपि जिल्ला संयोजन समिति भने रहनेछ । जिल्लामा कार्यक्षेत्र भएका प्रदेश कमिटी सदस्य र पालिका पदाधिकारी तथा मनोनीत २० प्रतिशत रहेको संयोजन समिति हुनेछ भने उक्त कमिटीको नेतृत्व प्रदेशले टुंगाउने छ ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१