बाघचालमा आशबहादुर विजयी

आदर्श समाज सम्वाददाता
फागुन १९, २०७८
baghchal~

लमजुङ । लमजुङमा आयोजना गरिएको बाघचालको दोस्रो खुला प्रतियोगितामा आशबहादुर विक पहिलो भएका छन् । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङले आफ्नो छैंटौ स्थापना दिवसका अवसरमा प्रतियोगिताको आयोजना गरेको हो ।
ठाडोभाकाका सर्जक देउबहादुर दुराको जन्मथलो मध्यनेपाल नगरपालिका १० को हाँडीखोला, बर्धन गाउँमा सञ्चालन गरिएको प्रतियोगितामा राइनास नगरपालिका १० प्यारजुङ गाउँ विक प्रथम भएका हुन् । पहिलो संस्करणमा उनी तृतीय भएका थिए ।
मध्यनेपाल नगरपालिका– १० वर्धन गाउँका रामबहादु दुराले दोस्रो भएको प्रतियोगिताको निर्णायक समितिका संयोजक तथा आयोजक संस्थाका आजीवन सदस्य रमाराज खनियाले बताए । उनका अनुसार सोही गाउँका पूर्णबहादुर दुरा तृतीय भए भने भीमबहादुर दुरा सान्त्वना स्थानमा रहे ।
प्रतियोगितामा कुल ४९ जनाले भाग लिएको आयोजक संस्थाका अध्यक्ष नवराज पहाडीले जानकारी दिए । उनका अनुसार विजेताहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमश ७ हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँ प्राप्त गरे ।
विजयीहरूलाई भूमि आयोग लमजुङका अध्यक्ष दामोदर अधिकारी र प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिता ३ दिनसम्म चलेको थियो । ४, ५ दशक अघिसम्म बाघचाल खेल्नु गाउँघरमा गोठालो जाँदा र अघिपछि फुर्सदको समयमा बाघचाल खेल्ने परम्परा बसेको भए पनि पछिल्लो पुस्ताले बाघचालको नाम समेत बिर्सने स्थिति भएको हुँदा यसको संरक्षण र प्रवद्र्धनका लागि प्रतियोगिताको आयोजना गरिएको आयोजक प्रतिष्ठानका संरक्षक एवं ठाडोभाका महानायक बुद्धमान दुरा ‘घम्पु’ले बताए ।

Related News

सम्बन्धित समाचार

  • प्याब्सन स्पोर्टस् मिटको आज समापन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । प्याब्सन कास्कीको आयोजनामा पोखरामा जारी १८ औं प्याब्सन स्पोर्टस् मिटको आइतबार समापन हुँदैछ । पोखरा रंगशालामा दिउँसो गण्डकी…
  • एनप्याब्सन खेलकुद महोत्सव जारी

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । एन–प्याब्सन कास्कीको आयोजनामा ५ किमी सडक दौडमा छात्रतर्फ सिद्धार्थ लवडेल बोर्डिङका दुतमान गुरुङ र छात्रातर्फ त्रिवेणी पब्लिक सेकेण्डरीकी…
  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…

hero news full width