सिलिंगेमा १२ औं शिवरात्री मेला

आदर्श समाज सम्वाददाता
फागुन १९, २०७८
silinge~

लेखनाथ । महाशिवरात्रि अवसरमा जटाशंकर धार्मिक विकास समिति, पोखरा २६ ले सिलिंगेमा १२ औं शिवरात्री मेला गरेको छ ।
मेला उद्घाटन गर्दै अपरमादी हाइड्रो पावरका निर्देशक पुष्पज्योति ढुंगानाले युवामा पनि धार्मिक भावना र धर्मको महत्वका बारेका जानकारी गराउन यसप्रकारका मेला तथा महोत्सवले सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए ।
भगवती हाइड्रोपावरका निर्देशक वसन्तमोहन भट्टराईले धर्मको भावले स्थानीयस्तरको विकास निर्माणका कामलाई सहयोग पुग्नेमा जोड दिए ।
आयोजक समिति अध्यक्ष युवापण्डित रामप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २६ का वडा सदस्य खड्कबहादुर रानाभाट, लेखनाथ खानेपानी उपभोक्ता समिति अध्यक्ष मुरारी शर्मा, निवर्तमान अध्यक्ष विष्णु बराल, सिलिंगे कृषि सहकारी अध्यक्ष ठाकुरप्रसाद रानाभाट, स्थानीय युवा विकास अधिकारी, मेघराज भण्डारी, विष्णु अधिकारी, भद्रकाली धार्मिक विकास समिति अध्यक्ष यज्ञमान श्रेष्ठ, मुक्तिनाथ विकास बैक लेखनाथ शाखा प्रमुख रामचन्द्र रानाभाट लगायतले बोलेका थिए । सो अवसरमा फुटसल लगायत विभिन्न खेल प्रतियोगिता, भजन, कन्सर्ट, महाआरति, नृत्य, धार्मिक प्रवचन लगायत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…
  • अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…

hero news full width