स्तन र पाठेघरको मुखको क्यान्सर उपचारमा गण्डकी सरकारको ५० हजार सहुलियत

आदर्श समाज सम्वाददाता
फागुन १९, २०७८
cancer

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्रीमा सपथ लिएपछि कृष्णचन्द्र नेपाली पोखरेलले पहिलो निर्णयमा हस्ताक्षर गरे । त्यो थियो, पाठेघरको मुख र स्तन क्यान्सरका बिरामीको निशुल्क उपचार । त्यसलाई पोखरेल सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले अनुमोदन समेत ग¥यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यविधि बनाए पनि कुन अस्पतालसँग सहकार्य गर्ने भन्ने अन्योल थियो । अब भने त्यो अन्योल चिरिएको छ ।
चितवनकोे बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँग गण्डकी प्रदेश सरकारले सम्झौता गरेको हो । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारी र क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले निशुल्क उपचार सहायता कार्यक्रमको सम्झौतामा बुधबार हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार गण्डकी प्रदेशका स्त्री प्रजनन अंगसँग सम्बन्धित क्यान्सरको उपचारका लागि प्रदेश सरकारले ५० हजार बराबरको सहुलियत दिने छ ।
नेपाल सरकारले उपलब्ध गराउने १ लाख खर्च भइसकेपछि गण्डकी प्रदेशका महिलाले यो सुविधा लिन पाउने कार्यकारी निर्देशक डा. गौतमले जानकारी दिए । उनले भने, ‘गण्डकीका महिलाले प्रजनन् अंगसँग सम्बन्धित क्यान्सरको उपचार गर्दा नेपाल सरकारको १ लाखपछि प्रदेश सरकारको ५० हजार रुपैयाँ सहुलियत पाउने छन् ।’

उनका अनुसार स्तन, पाठेघर, पाठेघरको मुखको क्यान्सरलगायतको उपचारमा यो सहुलियत लिन पाइने छ । गण्डकी प्रदेशमा बसोबास गरेको प्रमाणित भएकाले यो सुविधा लिन पाइने डा. गौतमको भनाइ छ । सचिव डा. तिवारीले प्रदेश सरकारको नीतिअनुरुप नै यो सम्झौता गरिएको बताए ।
उनले आगामी वर्षको कार्यक्रममा महिला, पुरुष र बालबालिकामा हुने सबै खालका क्यान्सरमा सहुलियत दिने कार्यक्रम ल्याउने योजना रहेको बताए । उनले भने, ‘यो सुरुआत मात्रै हो, आगामी वर्षको कार्यक्रममा सबै खालका क्यान्सरमा सबैले सहुलियत पाउने गरी योजना ल्याउँदैछौं ।’

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…

hero news full width